अस्ट्रेलियाको विजयी यात्रा जारी
सारांश
- अस्ट्रेलियाले वेस्ट इन्डिजलाई ३ विकेटले हराएर टी२० शृङ्खलाको चौथो खेल जित्यो।
- क्यामरुन ग्रिनले अविजित ५५ रन बनाए भने जोस इंग्लिसले ५१ रनको योगदान दिए।
- वेस्ट इन्डिजले प्रस्तुत गरेको २०६ रनको लक्ष्य अस्ट्रेलियाले १९.२ ओभरमा पूरा गर्यो, शृङ्खलामा ४-० को अग्रता लियो।
सेन्ट किट्स । अस्ट्रेलियाले आफ्नो विजयी यात्रा जारी राख्दै टी–२० शृङ्खलाको चौथो खेलमा वेस्ट इन्डिजलाई ३ विकेटले हराएको छ । वेस्ट इन्डिजले प्रस्तुत गरेको २०६ रनको लक्ष्य अस्ट्रेलियाले १९.२ ओभरमा ७ विकेटको क्षतिमा पछ्यायो ।
टोलीलाई जितसम्म पुर्याउन क्यामरुन ग्रिनले ३५ बलमा ५५ रन जोड्दै नटआउट रहे । उनले ३ चौका र ३ छक्का प्रहार गरे ।
त्यस्तै, जोस इंग्लिसले ३० बलमा ५१ रनको योगदान दिए । उनले १० चौका १ छक्का हिर्काए । ओपनर ग्लेन म्याक्सवेलले विस्फोटक इनिङ्स खेल्दै १८ बलमा ४७ रन जोडे । उनले १ चौका र ६ छक्का हिर्काए ।
वेस्ट इन्डिजका लागि जेडिया ब्लेड्सले ४ ओभरमा २९ रन खर्चेर ३ विकेट लिए । जेसन होल्डर, रोमारियो शेफर्ड र अकिल होसेनले १–१ विकेट हात पारे ।
यसअघि, पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा २०५ रन बनाएको थियो । टोलीका लागि शेरफाने रदरफोर्डले सर्वाधिक ३१ रनको योगदान दिए । उनले १५ बलमा ४ चौका र २ छक्का प्रहार गरे ।
त्यस्तै, रोभमान पावेल र रोमारियो शेफर्डले २८–२८ रन बनाए । जेसन होल्डरले २६ रन जोडे । अस्ट्रेलियाका लागि एडम जाम्पाले ४ ओभरमा ५४ रन खर्चेर ३ विकेट लिए । एरन हार्डी, ह्याभियर बार्टलेट र सन एबटले २–२ विकेट लिए ।
जारी टी–२० शृङ्खलामा टोलीको यो लगातार चौथो जित हो । पाँच खेलको शृङ्खलामा टोली ४–० ले अघि रहेको छ । यसअघि, टोली टेस्ट शृङ्खला ३–० ले क्लिन स्विप गरेको थियो । अब पाँचौँ तथा अन्तिम खेल मंगलबार खेलिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: अदालत जाने तयारीमा कांग्रेसदेखि असारे विकासमा प्रदेश सरकारहरूसम्म
-
महिला टी–ट्वान्टी विश्वकप: इंग्ल्यान्डलाई हराउँदै अस्ट्रेलियाले जित्यो उपाधि
-
कांग्रेसले विधानमा युवालाई विशेष प्राथमिकतामा राखेको छ: महामन्त्री पौडेल
-
फिफाद्वारा फोलारिन बालोगनको प्रतिबन्ध निलम्बित, बेल्जियमविरुद्धको खेल खेल्न पाउने
-
दिलजीत दोसांझको फिल्म ‘सतलुज’ रिलिज भएको ४८ घण्टामै भारतमा ओटिटी प्लेटफर्मबाट हटाइयो
-
धार्मिक पर्यटन विकासका लागि ‘देवभूमि सर्किट’ : मन्त्री पौडेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण