गुल्मीमा आगलागीबाट युवतीको निधन
आइतबार, ११ साउन २०८२, ०९ : ५९
सारांश
- गुल्मीको धुर्कोट गाउँपालिका-५ मा २५ वर्षीया जुनाको आगलागीमा परेर मृत्यु भएको छ।
- मानसिक अवस्था कमजोर रहेकी जुनाले घरमा आगो लगाएको वडाध्यक्षले बताए।
- आगलागीबाट तीन लाखभन्दा बढीको क्षति भएको छ।
गुल्मी । धुर्कोट गाउँपालिका–५ वस्तु अमराईस्थित मनी ककी २५ वर्षीया छोरी जुनाको आगलागीमा परेर आज विहान मृत्यु भएको छ ।
धुर्कोट –५ का वडाध्यक्ष केशवराज भण्डारीका अनुसार मानसिक अवस्था कमजोर रहेकी जुना आफैले घरमा आगो लगाएको थिइन् ।
स्थानीय र प्रहरीले आगो नियन्त्रणमा लिएका थिए । आगलागीबाट रु तीन लाखभन्दा बढीको क्षति भएको जनाइएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण