सामुदायिक विद्युत् उपभोक्ता महासङ्घलाई ऊर्जामन्त्रीको आग्रह– ठुलो परियोजनामा लगानी गर्नुहोस्
सारांश
- ऊर्जा मन्त्री दीपक खड्काले सामुदायिक विद्युत् उपभोक्ता महासङ्घलाई ठुला आयोजनामा लगानी गर्न आग्रह गरे।
- मन्त्रीले गुणस्तरीय सेवा सुनिश्चित गर्न र २४ घण्टा विद्युत् आपूर्तिका लागि जोड दिए।
- उनले विद्युत् निर्यात गरी देशलाई समृद्ध बनाउने अभियानमा साथ दिन आग्रह गरे।
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सामुदायिक विद्युत् उपभोक्ता महासङ्घलाई ठुलो आयोजनामा लगानी गर्न आग्रह गरेका छन् । आज सामुदायिक विद्युत् उपभोक्ता महासङ्घको २१ औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा शुभकामना दिँदै मन्त्री खड्काले यस्तो आग्रह गरेका हुन् ।
करिब तीन सय संस्था आबद्ध नेपाल विद्युत् उपभोक्ता महासङ्घले सबै संस्थाहरूबाट रकम एकीकृत गरी ठुलो परियोजना सञ्चालन गर्न सक्ने उनले बताए ।
लगभग सतप्रतिशत विद्युत् पुगेको भन्दै अबको आवश्यकता गुणस्तरीय सेवा भएको मन्त्री खड्काको भनाइ छ । २४ घण्टा विद्युत् आपूर्ति गर्नुपर्ने दबाब र चाहना रहेको उल्लेख गर्दै उनले आवश्यक पर्ने विद्युत् आफैँ उत्पादन गरेर खपत गर्ने र बढी भएको विद्युत् निर्यात गरेर मुलुकलाई समृद्ध बनाउने अभियानमा साथ दिन आग्रह गरे । त्यसका लागि ठुलो आयोजनामा लगानी गर्न उनले सुझाव पनि दिए ।
मन्त्री खड्काले देशको आवश्यकताअनुसार महासङ्घले आफूलाई बदल्नुपर्नेमा जोड दिए । सबै मिलेर लगानी गर्न सके ठुलो परियोजना सञ्चालन हुने र सरकारको समृद्धिको चाहनामा मद्दत पुग्ने मन्त्री खड्काले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जन्तर मन्तरबाट ककरोच जनता पार्टीका प्रदर्शनकारी हटाइए, प्रहरीद्वारा लाठीचार्ज
-
कोशी नदीमा हाम फालेका व्यक्तिको सकुशल उद्धार
-
सेजमा भाडा नतिर्ने उद्योगलाई अन्तिम चेतावनी, एक साताभित्र बक्यौता नतिरे बिजुली–पानी काटिने
-
इरानमाथि अमेरिकाको लगातार नवौँ रात आक्रमण : कहाँ-कहाँ भयो हमला?
-
पर्यटकलाई लोभ्याउँदै वनस्पति उद्यान
-
उच्च अदालत पोखरामा डेढ वर्ष नाघेका मुद्दाको सङ्ख्या शून्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण