इन्साफ
लाग्दैछ त्यो सानोमा
देखिएको ठूलो सपना
मझेरीमा लागेको न्यानो घाम
बलेसीमा बर्सेको पानीको थोपा
अनि भित्र आमाले फुकेको ढुंग्रोको
आवाज सुनेर त्यसै मेटिएको
आधा भोक
पछिको निश्चिन्त मन ।
धेरैबेर
त्यो मधुर समय टिक्न सकेन
जीवनका धेरै रहरहरु
समयअगावै
टुटाउन तम्सेको त्यो समय नामको
हुरीबाट बढारिएर
दोबाटो, चौबाटो हुँदै
जीवन नामको अनगिन्ती
घनचक्करमा
निर्वाध पछारिएको
आफ्नोले माया लुकाएर
लिएको परीक्षा
पराईले मानवता, दया र विवेकसम्म
लुकाएर लिएको अग्निपरीक्षा
एक शिशु, बालक तन्नेरी हुँदै
वयस्कसम्म बनाउँदा जीवनले
लिएको परीक्षा
लाग्दैछ यी परीक्षाको बारेमा
कुनै शिक्षालयमा पढाइ हुँदैन ।
यसलाई बुझ्न नियतिको
कठघरामा जो कोही पुग्नैपर्छ
जहाँ कमजोर भएवापतको
कठोर दण्ड पाइन्छ
बिना गल्तीले पुगेको
कठघरामा इर्ष्या र दाउपेचका
कौरव दृष्टि भेटिन्छन्
भोगिन्छन्
तर,
इन्साफ पाइनलाई
केवल प्रकृतिको धेरै समयको
चक्र र कालखण्ड कुर्नुपर्नेछ
र त्यो तत्काल मेरो
जीवित अस्तित्वबाट कतै टाढा
चन्द्रमाको आकारमा मुस्कुराइरहेछ
ताराको आकारमा पिल्पिलाइरहेछ
र म त्यही दृश्यलाई
आत्माबाट हेर्दै
मेरो हराएको सपना
आपतका भूमरी
विपद्का मैदान
आफ्नै कमलो मन र
मौनताले अंगालेका विशाक्त सम्बन्धहरु
कुरुप समयले दिएको
चोटका खतहरु
अपमान र अभावका खडेरीले
दिएका संघर्षरत चेतनाका
केशिकाहरु
आपतका बेला मरेका मानवीय
मूल्य मान्यताहरु
मृत्युलोकमा मिठो
सपनालाई अँगालेर यो खण्डहर जीवनलाई
सहज बनाउने कोसिसमा छु ।।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
-
धनगढीबाट डा. गोविन्द केसीले थाले अनसन
-
आस्थालाई अभ्यासमा बदल्न नसक्दा कांग्रेस पछि पर्याे, राजनीतिमा कोही पनि निर्विकल्प छैन : प्राध्यापक खनाल
-
संविधान बचाउन कठिन छ : वरिष्ठ अधिवक्ता भट्टराई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण