गाजाबारे ट्रम्पसँग कुरा गर्दै स्टारमर
आइतबार, ११ साउन २०८२, १६ : ०२
काठमाडौँ । बेलायती प्रधानमन्त्री केयर स्टारमरले सोमबार स्कटल्याण्डको टर्नबेरीमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्ने भएका छन् । स्टारमरले ट्रम्पसँग गाजाको वर्तमान अवस्थाबारे छलफल गर्न सक्ने विश्वास गरिएको छ ।
भेटवार्तामा उनले गाजामा युद्धविरामको लागि क्षेत्रीय साझेदारहरू र अमेरिकाको प्रयासलाई स्वागत गर्ने विश्वास गरिएको छ । हामी तत्काल युद्धविराम लागू गर्न र गाजामा समस्याहरू अन्त्य गर्न अरू के गर्न सकिन्छ भन्ने बारेमा पनि छलफल हुनेछ ।
दुई नेताहरूले व्यापार र रुस–युक्रेन युद्ध अन्त्य गर्ने बारेमा पनि छलफल गर्ने अपेक्षा गरिएको छ । यसअघि इजरायलले गाजाका केही भागहरूमा आफ्नो सैन्य गतिविधिमा ’रणनीतिक रोक’ घोषणा गरिसकेको छ ।
इजरायल रक्षा बल (आईडीएफ) ले आफ्नो विज्ञप्तिमा गाजामा मानवीय सहायताको मात्रा बढाउन यो गरिएको बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कर्णालीमा कचिङ्गल : एमाले अझै केन्द्र कुर्दै, नेकपा र कांग्रेस स्वायत्तताका गफ दिँदै
-
देशलाई पदक जिताउने सपना, बाधक बन्न खोज्छ समाज र राज्य
-
बाढी–पहिरोले अवरुद्ध छन् यी राजमार्ग
-
डा. गोविन्द केसीको स्वास्थ्य कमजोर बन्दै, सरकारले थाल्यो संवादको पहल
-
सिँचाइमा प्रयोग हुने विद्युतको महसुल अनुदानमा रोक, कृषकलाई समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण