सोमबार, १५ असार २०८३
ताजा लोकप्रिय

जवाफ नसुनेरै सांसद्हरू बाहिरिने प्रवृत्तिमाथि महालेखा परीक्षक रायाले गरे यस्तो टिप्पणी

आइतबार, ११ साउन २०८२, १६ : १०
आइतबार, ११ साउन २०८२

काठमाडौँ । महालेखा परीक्षक तोयम रायाले सांसदहरूले प्रश्न सोध्ने र जवाफ दिनेबेला उठेर हिँड्ने प्रवृत्ति बारे टिप्पणी गरेका छन् ।

उनले प्रतिनिधिसभाअन्तर्गत सार्वजनिक लेखा समितिमा आइतबार  ६१ र ६२ ओैँ प्रतिवेदनमाथि भएको छलफलमा बोल्दै यस्तो टिप्पणी गरे । 

’माननीयहरूले आधा घण्टा प्रश्न सोध्ने अनि उठेर  हिँडिदिएर हुँदैन । मैले जवाफ दिनेबेला सबै उठेपछि कसलाई सुनाउने ? तपाईँहरू प्रश्न सोध्ने अनि उठेर जाने बेलुका टिभीमा हेरेर मात्रै हुँदैन होला नि । आधा घण्टा प्रश्न सोध्ने अनि उठेर हिँडिदिए नत्र हामीले यसलाई पनि बेरुजु भन्दिन्छौ,’उनले हाँस्दै भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप