एक वर्षको बच्चाले जब सर्पलाई नै टोकेर मारिदिए...
काठमाडाैँ । सर्पले डसेर मानिसको मृत्यु भएको घटना त धेरै सुनिन्छ तर मान्छेले टोकेर सर्पलाई मारेको घटना बिरलै प्रकाशमा आउँछ । त्यसमा पनि एक वर्षको बालकले सर्पलाई टोकेर मारेको घटना त दुर्लभ नै मानिन्छ ।
घटना भारतको बिहार राज्यको पश्चिम चम्पारण जिल्लाको बेतियामा भएको हो । मोहछी वनकटवा गाउँ निवासी सुनील साह आइसक्रिम बेचेर परिवारको गुजारा चलाउँदै आएका छन् । उनकै एक वर्षीय छोरा गोविन्द कुमारले अत्यन्त विषालु मानिने गोमन सर्पलाई टोकेर मारेका हुन् ।
गोविन्द कुमारकी हजुरआमा मतिसरी देवीले भनिन्, ‘बुहारी घर पछाडि केही काम गर्दै थिइन् । त्यहीवेला सर्प निस्किएछ । गोविन्द त्यतै खेल्दै थियो । उसले सर्पलाई देखेपछि समातेर टोकिदिएछ ।’
सर्पलाई टोकेपछि एक वर्षीय बालक गोविन्द केहीसमय बेहोस भएको मतिसरी देवीले बताइन् । त्यसपछि आफूहरूले उसलाई प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका लागि लगेको उनको भनाइ छ । उनका अनुसार त्यहाँबाट बालकलाई बेतिया अस्पतालमा रिफर गरिएको थियो ।
बिहीबार साँझ गोविन्दलाई बेतियाको सरकारी मेडिकल कलेजमा भर्ना गरिएको थियो । उनको उपचारमा संलग्न चिकित्सक डा. कुमार सौरभ शिशु रोग विभागका सहायक प्राध्यापक हुन् ।
डा. सौरभले भने, ‘बच्चाको अनुहार सुन्निएको थियो । खासगरी मुख आसपास सुन्निएको थियो ।’
त्यतिवेला आफूकहाँ दुई बच्चा सर्पदंशकै उपचारका लागि आएको उनले सुनाए । ‘एउटा बच्चाले सर्पलाई टोकेको थियो भने अर्को बच्चालाई चाहिँ सर्पले डसेको थियो,’ उनले भने ।
दुवै बच्चा पूर्ण रूपमा स्वस्थ भएको सौरभले जानकारी दिए । ‘सर्पले मानिसलाई डसेपछि उसको विष रगतका माध्यमबाट प्रवाह हुन्छ र न्यूरोटक्सिसिटी भएर मानिसको नर्भ्स सिस्टम नै प्रभावित हुन्छ,’ उनले भने, ‘यस्तो अवस्थामा मृत्यु पनि हुन सक्छ ।’
मानिसले विषालु सर्पलाई टोकेको अवस्थामा पनि मुखका माध्यमबाट उसको विष पाचन तन्त्रसम्म पुग्ने उनले बताए । यस्तो अवस्थामा सामान्यतया मानिसको शरीरले नै विषलाई निष्क्रिय बनाउने र बाहिर निकाल्ने उनले बताए । तर पेटमा अल्सर लगायत ‘ब्लिडिङ प्वाइन्ट’ भएमा अवस्था गम्भीर हुन सक्ने र मृत्युसमेत हुन सक्ने उनको भनाइ छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार प्रत्येक वर्ष सर्पदंशबाट विश्वमा ८० हजारदेखि एक लाख ३० हजार मानिसको मृत्यु हुने गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छात्रालाई अश्लील म्यासेज गर्ने दुई शिक्षकसहित तीन जना पक्राउ
-
सेयर बजारमा दुई दिनमा १२१ अङ्क वृद्धि
-
शिक्षा–स्वास्थ्यमा लगाइएको कर र प्रधानमन्त्रीको अभिव्यक्ति फिर्ता लिन मकवानपुर कांग्रेसको माग
-
१८ वर्ष मुनिकालाई सदस्यता वितरणबारे रास्वपाले आयोगलाई पठायो जवाफ
-
लुम्बिनीका १०९ स्थानीय तहमध्ये डुडुवा मात्रै राष्ट्रिय भूमि आयोगको अन्तिम सूचनामा कसरी ?
-
प्रधानमन्त्री कार्यालयको स्वीकृतिबिना कर्मचारीको नयाँ दरबन्दी सृजना गर्न नपाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण