कङ्गोमा विद्रोहीहरूद्वारा चर्चमा आक्रमण, ३४ जनाको मृत्यु
काठमाडौँ । आइतबार पूर्वी कङ्गोको एक चर्च परिसरमा इस्लामिक स्टेट (आईएस) समर्थित विद्रोहीहरूले आक्रमण गरेका छन् । आक्रमणमा परेर ३४ जनाको मृत्यु भएको भन्दै एसोसिएटेड प्रेसले समाचार छापेको छ ।
आक्रमण पूर्वी कङ्गोको कोमान्डा क्षेत्रमा बिहान १ बजेतिर भएको भनिएको छ । आक्रमण क्याथोलिक चर्च परिसरमा भएको थियो । आक्रमणकारीहरू ‘अलाइड डेमोक्रेटिक फोर्सेस’ (एडीएफ)का सदस्य भएको भनिएको छ । यस आक्रमणमा धेरै घर र पसलहरू पनि जलेको बताइएको छ ।
‘परिसर भित्र र बाहिर मानिसहरूलाई गोली हानी मारिएको थियो । अहिलेसम्म तीन जलेका शव फेला परेको छ र धेरै घरहरूमा आगो लगाइएको छ । तर खोजी कार्य अझै जारी छ ।’
कोमान्डाका नागरिक समाज संयोजक डियुडोने ड्रुआन्थाबोले भनेका छन् । कंगोली सेनाको इटुरी प्रान्तका प्रवक्ता लेफ्टिनेन्ट जुल्स न्गोंगोले आक्रमणको पुष्टि गरेका छन् ।
‘बिहान हामीलाई प्राप्त जानकारी अनुसार, केही हतियारधारी व्यक्तिहरू कोमान्डा नजिकैको एउटा चर्चमा प्रवेश गरेर त्यहाँ करिब १० जनाको हत्या गरे । यसबाहेक केही पसलहरूमा आगजनी गरिएको थियो,’ उनले भने । सुरक्षा अधिकारीहरू उपस्थित भएको सहरमा यस्तो आक्रमण हुनुलाई अविश्वसनीय बताइएको छ । यो घटनापछि केही मानिसहरू यस क्षेत्रबाट भाग्न थालेका छन् ।
अलाइड डेमोक्रेटिक फोर्सेस इस्लामिक स्टेटसँग सम्बन्धित विद्रोही समूह हो । यो समूह युगान्डा–कङ्गो सीमा वरिपरि सक्रिय छ र बारम्बार नागरिकहरूलाई आक्रमण गर्दै आएको छ ।
यस महिनाको सुरुमा, सोही समूहले इटुरी प्रान्तमा दर्जनौँ मानिसहरूको हत्या गरेको थियो । संयुक्त राष्ट्र सङ्घका प्रवक्ताले त्यो घटनालाई रगतको होली भनेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अघिल्लो सरकारले स्थगित गरेको फुल अडिट स्वर्णिमले किन ब्युँत्याए ?
-
पोखरा–दुबई हवाई उडानलाई दिगो बनाउन व्यवसायी र फ्लाइ दुबईबिच छलफल
-
बागलुङमा ७९ लाखको लागतमा स्वास्थ्यचौकी भवन तयार
-
इरानका दिवंगत सर्वोच्च नेता खामेनीको अन्त्येष्टि : नयाँ उत्तराधिकारी मोज्तबा अनुपस्थित
-
भारी वर्षा र चट्याङको त्रास : इंग्ल्याण्ड र मेक्सिकोको भिडन्त प्रभावित
-
देशभर मनसुनी वायुको प्रभाव : पहाडी भू-भागमा वर्षा, केही स्थानमा हावाहुरीको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण