मधेसको ४६ प्रतिशत क्षेत्रमा हल्का वर्षा : गर्मी घट्यो, पानी संकट उस्तै
सारांश
- आइतबारदेखि सोमबार बिहानसम्म मधेस प्रदेशका ४६ प्रतिशत भूभागमा हल्का वर्षा भयो।
- पर्याप्त पानी नपरेकाले मधेसको खानेपानी र सिँचाइ संकट यथावतै रहने देखिएको छ।
- विभागका अनुसार आज मधेसमा वर्षाको सम्भावना छैन, तर अन्य प्रदेशमा भने वर्षाको सम्भावना रहेको छ।
काठमाडौँ । आइतबार दिउँसोदेखि सोमबार बिहानसम्म मधेस प्रदेशका ४६ प्रतिशत भूभागकामा हल्कादेखि मध्यम वर्षा भएको छ । चरम खडेरीको कारण खानेपानी र सिँचाइ सङ्कटको सामना गरिरहेको मधेसमा हल्का पानी पर्दा तापक्रम केही घटेको छ ।
जल तथा मौसम विज्ञान विभागकी प्रवक्ता विभूति पोखरेल भन्छिन्, ‘पर्याप्त पानी पर्न सकेन, हल्का पानीले छारो मेटेको छ । तर यसले मधेसको खानेपानी र सिँचाई संकटलाई कम नगर्ने देखिन्छ ।’ उनले मधेसको जमिन धेरै नै सुकेकोले पानी निरन्तर पर्दा मात्रै संकट हट्ने बताइन् । यद्यपि थोरै भनेपनि मधेसका जनताले गर्मीमा राहत पाएका छन् ।
विभागको पूर्वानुमान अनुसार आज दिउँसो र राती पनि मधेसमा वर्षाको सम्भावना देखिँदैन । आज दिउँसो बागमती प्रदेश, गण्डकी प्रदेश, र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू–भागका धेरै स्थानहरूमा तथा बाँकी तराई भू–भागका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेशको तराई भू–भाग तथा बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू–भाग एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।
यस्तै सोमबार गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागका केही स्थानहरूमा तथा तराई भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेशको पहाडी भू–भाग एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण