थारु समुदायको गुरही पर्वको अवसरमा कैलालीका दुई स्थानीय तहले दिए सार्वजनिक बिदा
सारांश
- कैलालीका दुई स्थानीय तहले थारु समुदायको गुरही पर्वको अवसरमा सार्वजनिक बिदा दिने भएका छन्।
- गुरही पर्वमा बालबालिकालाई रोगव्याधीबाट छुटकारा मिल्ने जनविश्वास रहेको छ, र यसलाई गाउँमा मनाइन्छ।
- धनगढीमा २०६७ सालबाट संस्थागत रूपमा गुरही पर्व मनाउन थालिएको छ, जसले नयाँ पुस्तालाई संस्कृति हस्तान्तरण गर्दछ।
धनगढी । कैलालीका दुई स्थानीय तहले मङ्गलवार सार्वजनिक बिदा दिने भएका छन्।
थारु समुदायको गुरही पर्वको अवसरमा धनगढी उपमहानगरपालिका र कैलारी गाउँपालिकाले स्थानीय सार्वजनिक बिदा दिएका हुन् । श्रावण शुक्ल पञ्चमी, (नाग पञ्चमी) का दिन थारु समुदायले गुरही पर्व मनाउने गरेका छन् ।
गुरही पर्व बालबालिकासँग सम्बन्धित पर्व रहे पनि पछिल्लो समय युवायुवतीसहित सबै उमेरका व्यक्तिले मनाउने गरेका छन्। यो पर्वमा कपडाको गुरहा गुरही (गाइने किरा) बनाएर अपराह्नतिर चउर वा चौबाटोमा सेलाउने चलन रहेको छ ।
बालिका वा केटीहरूले गुरहीसहित घुघ्री (मकै, केराउ वा चनाको भुजा) फाल्ने गर्दछन् । फालिएको गुरहीलाई सोंता वा लट्ठीले बालक, केटाहरूले ‘दे घुघ्री दे घुघ्री’ भन्दै ठटाउने÷पिट्ने चलन रहेको छ । यसलाई स्थानीय भाषामा गुरही अस्रैना भनिन्छ ।
गुरही पर्व मनाउनाले बालबालिकालाई रोगव्याधीबाट छुटकारा मिल्ने जनविश्वास रहेको छ । यसैगरी, उनीहरूलाई आँखा पाक्ने, ज्वरो आउने जस्ता समस्या नहुने विश्वास गरिन्छ । गुरहीलाई ठटाउनु, पिट्नुको अर्थ रोगव्याधीलाई पिटेर गाउँबाट धपाएको बुझिन्छ ।
हरेक थारु गाउँमा पहिलो पर्वको रूपमा मनाइने गुरही पर्व हो। यो पर्व २०६७ सालबाट धनगढीमा संस्थागत रूपमा पनि मनाउने गर्छन्। नयाँ पुस्तालाई संस्कृति हस्तान्तरण गर्ने उद्देश्यका साथ संस्थागत रूपमा गुरही पर्व मनाउन थालिएको सखी सञ्जालकी अध्यक्ष उन्नति चौधरीले बताइन्।
धनगढी—८ मा गुरही चौकमा गुरहीको मूर्ति पनि राखिएको छ। गुरही पर्वको अवसरमा ६ वर्ष यता यो चौकमा भव्य कार्यक्रम पनि आयोजना हुँदै आएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण