गोसाइँकुण्डमा डुबेका दुई युवाको शव फेला
सोमबार, १२ साउन २०८२, १४ : २८
सारांश
- रसुवाको गोसाइँकुण्डमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका दुई युवाको शव भेटियो।
- मृतकको पहिचान मोरङका मनोज न्यौपाने र विराटनगरका सुजन ढकालको रूपमा भएको छ।
- शव पोस्टमार्टमका लागि अस्पताल पठाउने तयारी भइरहेको छ, र आफन्तले हेलिकप्टरमार्फत काठमाडौं लैजाने तयारी गर्दैछन्।
काठमाडौँ । रसुवाको गोसाइँकुण्डमा डुबेका दुई जना युवाको शव भेटिएको छ । स्थानीय र नेपाली सेनाको सहयोगमा कुण्डबाट शव निकालिएको रसुवाका डीएसपी हेम शाहीले रातोपाटीलाई बताए ।
आइतबार स्नान गर्ने क्रममा मोरङ बेलबारी घर भएका २८ वर्षीय मनोज न्यौपाने र विराटनगर महानगरपालिका–३ ढाटका २६ वर्षीय सुजन ढकाल डुबेर बेपत्ता भएका थिए । उनीहरूको खोजीमा सशस्त्र प्रहरी, सेना र नेपाल प्रहरीका सुरक्षाकर्मीहरू खटिएका थिए । सोमबार बिहान दुवै जना मृत भेटिएको डीएसपी शाहीले जानकारी दिए ।
शव पोस्टमार्टमका लागि अस्पताल पठाउने तयारी भइरहेको डीएसी शाहीले बताए । मृतकका आफन्तहरूले सिम्रिक एयरको हेलिकप्टरमार्फत शव गोसाइँकुण्डबाट काठमाडौँ ल्याउने तयारी गरिरहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा वित्तीय बेथिति: टुक्रे योजनामा बजेट छरियो, अर्बौंका मेसिन गोदाममै सड्दै
-
घरायसी विवादमा श्रीमतीको हत्या
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
‘घरदैलोको अदालत’ले विश्वास जित्दै, दलित समुदायको पहुँच भने कमजोर
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण