ज्येष्ठ नागरिकलाई स्वास्थ्य उपचारमा शतप्रतिशतसम्म छुट, यी हुन् सहुलियत दिने अस्पताल
काठमाडौँ । सरकारले ज्येष्ठ नागरिकहरूलाई स्वास्थ्य सेवामा थप सहज बनाउने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘जेरियाट्रिक’ ज्येष्ठ नागरिक स्वास्थ्य सेवा सञ्चालन मार्गदर्शन जारी गर्दै देशभरका ६५ वटा सरकारी अस्पतालहरूमा ज्येष्ठ नागरिकका लागि सहुलियतसहितको उपचार सेवा विस्तार गरेको छ ।
नयाँ कार्यविधिअनुसार अब ज्येष्ठ नागरिकले उमेरअनुसार स्वास्थ्य उपचार सेवामा ५० प्रतिशतदेखि शतप्रतिशतसम्म छुट पाउनेछन् । ६० देखि ६९ वर्षसम्मका ज्येष्ठ नागरिकले अस्पतालले तोकेका निश्चित उपचार सेवामा ५० प्रतिशत छुट पाउनेछन् ।
७० देखि ७९ वर्षसम्मका ज्येष्ठ नागरिकलाई शारीरिक अशक्तता र आर्थिक अवस्थाका आधारमा उपचार सेवाको दायरा बढाएर ७५ प्रतिशत छुट दिइने कार्यविधिमा उल्लेख गरिएको छ । ८० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकहरूले तोकिएका सबै स्वास्थ्य सेवामा शतप्रतिशत छुट अर्थात् निःशुल्क उपचार पाउनेछन् ।
यो सेवा लिनका लागि ज्येष्ठ नागरिकले आफ्नो उमेर खुल्ने सरकारी परिचयपत्र पेस गर्नुपर्ने उल्लेख छ । स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध भएका ज्येष्ठ नागरिकको हकमा पहिलो प्राथमिकता बिमाबाटै उपचार गराइने र बिमाले नभ्याएको खर्च यस कार्यक्रमबाट बेहोरिने व्यवस्था मिलाइएको छ ।
यी हुन् सहुलियत दिने देशभरका ६५ अस्पताल




खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारा लाल धरेललाई ‘कर्पोरेट फर्निचर इन्डष्ट्री एक्सिलेन्स’ अवार्ड
-
दक्षिण अफ्रिकी खेलाडी म्बाथा निलम्बित, दक्षिण कोरियाविरुद्धको खेल गुमाउने
-
२९ व्यक्ति तथा संस्थालाई कर्पोरेट बिजनेस अवार्ड प्रदान
-
मोबाइलको एक क्लिकमै भारतबाट नेपाल पैसा पठाउन सकिने
-
चेक रिपब्लिकलाई पहिलो हाफमा १–० को अग्रता
-
राष्ट्रिय परिचयपत्र आफैँले डाउनलोड गर्न सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण