स्वास्थ्य क्षेत्र सुधार्न थप लगानी चाहिन्छ – स्वास्थ्यमन्त्री
सोमबार, १२ साउन २०८२, १९ : ३८
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले नेपालको स्वास्थ्य क्षेत्रमा धेरै सुधार गर्नुपर्ने भन्दै त्यसका लागि थप लगानी आवश्यक रहेको बताएका छन् ।
वीर अस्पतालको १३६ औं वार्षिकोत्सव समारोहमा उनले स्वास्थ्य क्षेत्र सुधार भए पनि पूर्ण हुन नसकेको बताए ।
भदौ महिनासम्म सबै अस्पतालको स्वास्थ्य बिमा रकम फरफारक गर्ने प्रयास भइरहेको पनि उनले जानकारी दिए । मन्त्री पौडेलले वीर अस्पताल सुधार भए समग्र स्वास्थ्य सेवा क्षेत्रको सुधार गर्न सकिने धारणा राखे ।
वीरमा आवश्यक उपकरणलगायत पूर्वाधार उपलब्ध गराउन मन्त्रालयले अधिकतम प्रयास गर्ने उनको भनाइ थियो ।
अस्पतालका निर्देशक प्राडा दिलीप शर्माले अस्पतालमा दैनिक करिब दुई हजार ५०० सयभन्दा बढीले सेवा लिने गरेका बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण