युक्रेन युद्ध अन्त्यका लागि रुसलाई ट्रम्पको ‘नयाँ डेडलाइन’
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा जारी युद्ध अन्त्यका लागि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई दिएको ५० दिने समयसीमा घटाएर १० देखि १२ दिनमा झार्ने घोषणा गरेका छन्। उनले युद्ध अन्त्यमा कुनै प्रगति नभएको भन्दै असन्तुष्टि प्रकट गरेका हुन् ।
स्कटल्याण्डको पश्चिमी तटमा रहेको आफ्नो लग्जरी गोल्फ कोर्स टर्नबेरीमा बेलायतका प्रधानमन्त्री केयर स्टार्मरसँग भेटपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै ट्रम्पले भने, ‘मैले आजदेखि झण्डै १० वा १२ दिनको नयाँ डेडलाइन बनाउने निर्णय गरेको छु। किनभने अहिले कुनै प्रगति देखिएको छैन ।’
उनले रूससँगको युद्ध अन्त्यका लागि गरिएको कूटनीतिक प्रयासमा अपेक्षित परिणाम नआएको भन्दै राष्ट्रपति पुटिनप्रति असन्तुष्टि जनाए। ‘म पुटिनसँग निराश छु, साँच्चिकै निराश छु,” ट्रम्पले स्पष्ट शब्दमा भने, “त्यसैले मैले यसअघि दिएको ५० दिनको समयलाई अब घटाउने निर्णय लिएको हुँ।’
डोनाल्ड ट्रम्पले यसअघि पनि रुसलाई युद्ध अन्त्य गर्न समयसीमा दिँदै कूटनीतिक दबाब सिर्जना गर्दै आएका छन्। यद्यपि, रुसले आक्रमण जारी राखेको भन्दै ट्रम्प प्रशासनले युद्ध अन्त्यका लागि थप कडा सन्देश दिएको हो ।
यसअघि ट्रम्पले यसै महिना ५० दिनको समयसीमा तोकेका थिए। तर युद्धमैत्री प्रयासहरूबाट कुनै विशेष उपलब्धि नआएपछि उक्त समयसीमा घटाइएको हो ।
ट्रम्प र बेलायती प्रधानमन्त्री स्टार्मरबिचको छलफलमा युक्रेन युद्ध, नेटो रणनीति र रुसमाथि थप दबाब सृजना गर्ने उपायबारे समन्वय भएको बताइएको छ। स्टार्मरले ट्रम्पको कूटनीतिक दबाबलाई समर्थन जनाउँदै शान्ति स्थापना आवश्यक रहेको धारणा राखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कर्णालीमा कचिङ्गल : एमाले अझै केन्द्र कुर्दै, नेकपा र कांग्रेस स्वायत्तताका गफ दिँदै
-
देशलाई पदक जिताउने सपना, बाधक बन्न खोज्छ समाज र राज्य
-
बाढी–पहिरोले अवरुद्ध छन् यी राजमार्ग
-
डा. गोविन्द केसीको स्वास्थ्य कमजोर बन्दै, सरकारले थाल्यो संवादको पहल
-
सिँचाइमा प्रयोग हुने विद्युतको महसुल अनुदानमा रोक, कृषकलाई समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण