बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

बिहेमा वृद्धको हत्या गरी फरार बाजिन्द्र २३ वर्षपछि पक्राउ

बुधबार, १४ साउन २०८२, ०९ : ०९
बुधबार, १४ साउन २०८२

सारांश

  • स्याङ्जामा २३ वर्ष पुरानो कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त पक्राउ परेका छन्।
  • २०५० सालमा भएको कुटपिट घटनामा संलग्न बाजिन्द्र बहादुर सोतीमगरलाई अदालतले २ वर्ष कैद सजाय सुनाएको थियो।
  • फरार रहेका सोतीमगरलाई कास्कीको पोखराबाट पक्राउ गरी स्याङ्जा अदालतमा पेश गरिएको छ।

स्याङ्जा । २३ वर्षअघि घटेको कर्तव्य ज्यान घटनामा संलग्न भई लामो समयदेखि फरार रहेका दोषीलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार, २०५० साल फागुन मा तत्कालीन स्याङ्जा जिल्लाको रत्नपुर गा।वि।स।–२, धुर्कोट (हाल चापाकोट नगरपालिका–२) मा आयोजित विवाह समारोहका क्रममा स्थानीय ६० वर्षीय हस्ते विकमाथि कुटपिट भएको थियो। उपचारको क्रममा उनको मृत्यु भएपछि कर्तव्य ज्यान मुद्दा दर्ता भएको थियो।

सो घटनामा संलग्न रहेका ४६ वर्षीय बाजिन्द्र बहादुर सोतीमगरलाई सर्वोच्च अदालतले २०५९ साल असोज ७ गतेको फैसलामार्फत २ वर्ष कैद सजाय तोकेको थियो। तर उनी फैसला पछि फरार भएका थिए।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको अपरेसन टोलीले उनलाई कास्की जिल्लाको पोखरा महानगरपालिका–१७, तल्लो बिरौटा टोलबाट मंगलबार गते पक्राउ गरेको हो। 

प्रहरी नायब उपरीक्षक प्रसन्न राज चौधरीका अनुसार पक्राउ परेका सोतीमगरलाई अब स्याङ्जा जिल्ला अदालतमा पेस गरी कैद भुक्तानको प्रक्रिया अघि बढाइएको प्रहरीले जानकारी दिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप