जितु नेपालले ल्याए डिजिटल गाईजात्रा ‘व्यर्थ मन्त्रीको बजेट भाषण’
सारांश
- हास्य कलाकार जितु नेपालले 'मुन्द्रेको हास्य व्यङ्ग्य सामाग्री २०८२' सार्वजनिक गरेका छन्, जसमा गाईजात्राको व्यङ्ग्य प्रस्तुत गरिएको छ।
- उनले 'व्यर्थ मन्त्रीको बजेट भाषण' मार्फत संसद भवनभित्रको गतिविधिमाथि व्यङ्ग्य गरेका छन्।
- नेपालले ४ भागमा गाईजात्रे कोसेली ल्याउने र यसले व्यङ्ग्य संस्कृतिलाई डिजिटलमा बचाउने बताए।
काठमाडौँ । हास्य कलाकार तथा अभिनेता जितु नेपालले यो वर्षको ‘गाईजात्रा’लाई लक्षित गर्दै हास्यव्यङ्ग्य सामाग्री ‘मुन्द्रेको हास्य व्यङ्ग्य सामाग्री २०८२’ सार्वजनिक गरेका छन् । यो पटक फरक फरक ४ भागमा गाईजात्रे कोसेली सार्वजनिक गर्ने उनको योजना रहेको छ । जसमध्ये पहिलो भाग व्यर्थ मन्त्रीको बजेट भाषणमा ‘गाईजात्रे बजेट भाषण’ मंगलबार सार्वजनिक गरिएको हो ।
‘व्यर्थ मन्त्रीको बजेट भाषण’मा संसद् भवन भित्रको सभामुख र मन्त्रीको संवाद मार्फत संसद् भवन भित्रको गतिविधिमा ब्याङ्ग्य गरिएको छ । आफ्नो ‘गाईजात्रे कमेडी’ ४ भागमा आउने र प्रत्येक भाग ४–४ दिनको फरकमा सार्वजनिक हुने नेपालले बताए ।
‘यो पटक राजनीति छोडेर संन्यास लिने नेताहरू पनि देखिनेछन्’, नेपालले भने ‘अर्को माता जस्तै महाराज तिर, मन्त्रीको हरिबिजोग र गरुण पुराण पनि प्रवसनका विषय छन् ।’ गाईजात्रा हास्यब्याङ्ग्यको पर्व भएको कारण यसलाई जोगाई राख्न पनि आफूले कमेडी प्रस्तुति बनाएको नेपालको भनाई छ ।
लामो समय स्टेजमा गाईजात्रे कार्यक्रम गरेका नेपालले स्टेज गर्न छोडेपनि ब्याङ्ग्य संस्कृतिलाई बचाई राख्न डिजिटलमा गाईजात्रे कोसेली ल्याएका हुन् ।
‘एउटा केही क्रिएसन पनि हुन्छ र गाईजात्रामा मैले यस्तो बनाएको थिएँ भन्ने पनि रेकर्ड रहन्छ र दर्शकलाई केही रमाइलो पनि मिल्छ भने हेतुले गाईजात्रे कोसेली बनाएको हो’ नेपालले थपे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँको बौद्धमा युवतीले गरिन् आत्मदाह प्रयास
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
माइक्रो म्यानेजमेन्टबाट पछि हट्यो अर्थ मन्त्रालय, रकमान्तर र कार्यक्रम संशोधनमा खुकुलो नीति
-
'चमेलीको पोइ'को 'ओइ ओइ चमेली तम्रा शेरे खोइ' सार्वजनिक
-
क्यान्सर जितेकी पहिलो मोडल डली बनिन् ‘मिसेस नेपाल युनिभर्स २०२६’
-
‘डिजिटल’ पहिचान प्रणालीप्रति नागरिकको आकर्षण बढ्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण