अपडेट
बागमती कांग्रेस संसदीय दलको नेतामा लामाले पनि गराए उम्मेदवारी दर्ता
बुधबार, १४ साउन २०८२, ११ : ०१
सारांश
- कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा मुख्यमन्त्री बहादुर सिंह लामाले उम्मेदवारी दिएका छन्।
- हेँडौँडास्थित कांग्रेस संसदीय दलको कार्यालयमा पुगेर उनले उम्मेदवारी दर्ता गराए।
- संसदीय दलको नेता छान्न आजै चुनाव हुनेछ, यसअघि लामाले विश्वास गुमाएका थिए।
काठमाडौँ । कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा मुख्यमन्त्री बहादुर सिंह लामाले पनि उम्मेदवारी दर्ता गराएका छन् ।
बुधबार हेँडौँडास्थित कांग्रेस संसदीय दलको कार्यालयमा पुगेर मुख्यमन्त्री लामाले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।
उनको प्रस्तावकमा तिर्थ लामा र रामकृष्ण चित्रकार रहेका छन् भने समर्थकमा कुन्दन राज काफ्ले र रामकुमार पहाडी छन् ।
यसअघि इन्द्र बानियाँले आफ्नो उम्मेदवारी दर्ता गराइसकेका छन् । संसदीय दलको नेता छान्न आजै चुनाव हुनेछ । यसअघि लामाविरुद्धको अविश्वास प्रस्तावमा मतविभाजन हुँदा उनले विश्वास गुमाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु
-
वार्ताका लागि मध्यस्थकर्तामार्फत् कूटनीतिक च्यानल सक्रिय : इरान
-
वैदेशिक रोजगारीमा जानेको बिमा व्यवस्थापनलाई श्रमिकमैत्री बनाइने
-
अर्जेन्टिना पराजित भएपछि ब्युनस आयर्समा झडप, १५ जना पक्राउ
-
‘मोबाइल फोन प्रसारण प्रणाली’ मार्फत विपद्को पूर्वसूचना दिने तयारी
-
काठमाडौं उपत्यकाको ढल निकास सुधार्ने विषयमा छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण