शनिबार, ०६ असार २०८३
ताजा लोकप्रिय

सर्लाहीमा महिलाको शव फेला

बुधबार, १४ साउन २०८२, १४ : ५३
बुधबार, १४ साउन २०८२

सर्लाही । सर्लाहीको बागमती नगरपालिका वडा नम्बर १२ स्थित पर्यटकीय स्थल भरत तालमा एक महिलाको शव फेला परेको छ । बुधबार दिउँसो ती महिलाको शव फेला परेको हो । 

स्थानीयले तालमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी निरीक्षक बलिस्टार सिंहले शव फेलाको  खबरसँगै घटनास्थलमा प्रहरी टोली खटाइएको बताएका छन् ।

हरिवन इलाका प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक चन्द्र अधिकारीको नेतृत्वमा घटनास्थलमा प्रहरी टोली पुगेर तालबाट ती महिलाको शव निकालेको छ ।

महिलाको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार शव शङ्कास्पद देखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप