शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय
अपडेट

कांग्रेस बागमती प्रदेशको संसदीय दलको नेता चयन गर्न भएको निर्वाचनमा शतप्रतिशत मत खस्यो

बुधबार, १४ साउन २०८२, १४ : ५५
बुधबार, १४ साउन २०८२

सारांश

  • बागमती प्रदेशको संसदीय दलको नेता चयनका लागि भएको निर्वाचनमा शतप्रतिशत मत खसेको छ।
  • हेटौँडामा भएको निर्वाचनमा मुख्यमन्त्री बहादुर सिंह लामा र सांसद इन्द्र बानियाँबीच प्रतिस्पर्धा भएको थियो।
  • लामाविरुद्धको अविश्वास प्रस्ताव पारित भएपछि रिक्त पदका लागि बुधबार निर्वाचन भएको हो।

काठमाडौँ । कांग्रेस बागमती प्रदेशको संसदीय दलको नेता चयन गर्न भएको निर्वाचनमा शतप्रतिशत मत खसेकाे छ । हेटौँडास्थित कांग्रेस प्रदेश संसदीय दलको कार्यालयमा भएको निर्वाचनमा सबै ३७ सांसदले मतदानमा भाग लिएका हुन् । 

संसदीय दलको नेतामा मुख्यमन्त्री बहादुर सिंह लामा र सांसद इन्द्र बानियाँबिच प्रतिस्पर्धा रहेको छ । 

लामाविरुद्ध अविश्वास प्रस्ताव पारित भएपछि रिक्त पदमा बुधबार निर्वाचन भएको हो । जसमा लामाले फेरि उम्मेदवारी दिएका हुन् ।  निर्वाचनको नतिजा आजै केहीबेरमा सार्वजनिक हुने बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप