मुद्दा दायर
पूर्वप्रदेश प्रमुख अहिराजद्वारा बलात्कार पीडितविरुद्ध आपराधिक लाभको कसुरमा मुद्दा दर्ता
बुधबार, १४ साउन २०८२, १७ : ११
सारांश
- पूर्व प्रदेश प्रमुख राजेश अहिराजको जाहेरीको आधारमा बलात्कार पीडित किशोरीविरुद्ध मुद्दा दर्ता भएको छ।
- अहिराजले युवतीबाट आपराधिक लाभको कसुरमा मुद्दा दायर गरेका छन्, जसले २० लाख मागेको आरोप लगाएका छन्।
- अहिराजले ती युवतीलाई तीन लाख रुपैयाँ दिएको बताएका छन्, र उनले धम्की दिएको आरोप छ।
काठमाडौँ । बलात्कार पीडित किशोरीविरुद्ध पूर्व मधेस प्रदेश प्रमुख राजेश अहिराजको जाहेरीको आधारमा जिल्ला अदालत काठमाडौँमा मुद्दा दर्ता भएको छ ।
अहिराजबाट पीडित भएकी युवतीविरुद्ध अहिराजकै जाहेरीका आधारमा आपराधिक लाभको कसुरमा मुद्दा दायर भएको हो ।
धम्क्याउँदै २० लाख मागेको र नदिएपछि सामाजिक रूपमा बदनाम गर्नेदेखि आत्महत्या गर्नेसम्म धम्की दिँदै रकम लिएको दाबी अहिराजको छ ।
सुरुमा २० लाख माग गरेकोमा आफूले नगदै तीन लाख रुपैयाँ दिएको दाबी अहिराजले गरेका छन् । बलात्कार पीडित युवतीले जाहेरी दिएपछि अहिराजले पनि ती युवतीविरुद्ध आपराधिक लाभको जाहेरी दिएको काठमाडौँ जिल्ला अदालतका सूचना अधिकारी दिपक कुमार श्रेष्ठले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण