राजेश अहिराजलाई थुनामा पठाउन आदेश
काठमाडौँ । मधेस प्रदेशका पूर्वप्रमुख राजेश झा (अहिराज) लाई अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश पीताम्बर शर्माले उनलाई थुनामा पठाउन आदेश गरेका हुन् ।
जबरजस्ती करणी मुद्दामा अनुसन्धान गर्न प्रहरीले उनलाई साउन ४ मा पक्राउ गरेको थियो । २३ वर्षीया युवतीले आफूलाई अहिराजले बानेश्वरस्थित डेरामा आएर घाँटी र मुख थिचेर बलात्कार गरेको जाहेरी दिएकी थिइन् ।
बुधबार थुनछेक बहसपछि न्यायाधीशले उनलाई पुर्पक्षका लागि कारागार पठाउन आदेश गरेका हुन् । २०८१ जेठ ४ मा डेरामा आएर अहिराजले बलात्कार गरेको पीडित युवतीले दावी गरेकी थिइन् ।
अहिराजलाई पीडितले १७ वर्षको उमेरमा विराटनगरमा चिनेकी थिइन् । बलात्कार गरेपछि अहिराजले धम्की दिएको पीडितको भनाइ छ । ‘बलात्कार गरेपछि तँ मधेसी परिवारको छोरी होस यो घटना कसैलाई भनिस् भने तँलाई कसैले विवाह गर्दैन भन्नुभयो’ पीडितले जाहेरीमा लेखेकी थिइन्, ‘त्यसपछि उजुरी नगर्न बारम्बार धम्की दिनु भो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेचीनगरको दिसाजन्य लेदो प्रशोधन केन्द्र पूर्ण क्षमतामा चल्न सकेन
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण