सर्लाहीमा घर भत्किँदा ६ वर्षीय बालकको मृत्यु
सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिकामा मंगलबार दिउँसो पुरानो घर भत्किँदा आँगनमा खेलिरहेका एक बालकको च्यापिएर मृत्यु भएको छ ।
प्रहरीका अनुसार मृत्यु हुनेमा स्थानीय गौतम माझीका ६ वर्षीय छोरा अरुण माझी रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार चन्द्रनगर गाउँपालिका-६ कामद टोलस्थित नबिन सिंहको दुईतले पुरानो पक्की घर मंगलबार अपराह्न करिब साढे ४ बजे अचानक भत्किएको थियो । सोही घरको आँगनमा खेलिरहेका बालक अरुण माझीलाई भत्किएको घरले पुरेको थियो । जसका कारण उनको घटनास्थलमै मृत्यु भएको हो ।
घटनाको जानकारी पाउनासाथ नजिकैको प्रहरी चौकी नाढीमन र इलाका प्रहरी कार्यालय केशरगंजबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो । इलाका प्रहरी कार्यालय केशरगंजका प्रहरी निरीक्षक उमाकान्त जोशीको नेतृत्वमा जेसीबीसहित उद्धार टोली परिचालन गरिएको थियो ।
प्रहरीले भत्किएको संरचना हटाउने र अन्य कोही व्यक्ति च्यापिएको हुन सक्ने आशंकामा उद्धार कार्यलाई तीव्रता दिएको जनाएको छ । घटनास्थलमा अहिले उद्धारकार्य जारी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
घटनास्थल प्रहरी चौकी नाढीमनबाट करिब ४ किलोमिटर दक्षिणमा पर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
-
चोभार गेटमा बस, ट्यांकर र बाइक एकआपसमा ठोक्किए (तस्बिरहरु)
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
-
पक्षपातको आरोपबारे अर्जेन्टिनी मिडफिल्डर भन्छन्, ‘हाम्रो मुस्कानले उनीहरूलाई बिझाउँछ’
-
राजधानीको कीर्तिपुरमा कारमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण