सरकारी कागजात किर्ते गर्ने दुई जना पक्राउ
सारांश
- काभ्रेपलान्चोक प्रहरीले सरकारी कागजात र हस्ताक्षर किर्ते गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ।
- पक्राउ पर्नेमा काठमाडौँमा साइबर सञ्चालन गर्ने एक व्यक्ति र फोटोकपी सेन्टर सञ्चालक रहेका छन्।
- प्रहरीले छाप, नगद, र विभिन्न कागजातहरू बरामद गरेको छ, र उनीहरूलाई थप अनुसन्धानको लागि म्याद थप गरिएको छ।
काभ्रेपलान्चोक । सरकारी कागजातसहित जनप्रतिनिधिलगायतको दस्तखत र छाप किर्ते गर्ने दुई जनालाई काभ्रेपलान्चोक प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले काठमाडौँको बानेश्वरमा ‘साइबर’समेत सञ्चालन गर्दै आएका एक व्यक्ति र अर्का एकबाट विभिन्न सरकारी कार्यालय, जनप्रतिनिधि, राजनीतिक दल तथा व्यक्तिको दस्तखतवाला छापसहित उपकरण र नगद बरामद गरिएकालाई जिल्ला सदरमुकाम धुलिखेलमा बुधबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो ।
पक्राउ पर्नेमा धुलिखेल नगरपालिका–१२ घर भई काठमाडौँ बस्दै आएका ३८ वर्षीय जितेन्द्र तामाङ र गोरखाको सहिद लखन गाउँपालिका–१ घर भई काठमाडौँ महानगरपालिका–३१ नयाँबानेश्वरस्थित शङ्खमूलमा गज्जबको फोटोकपी एन्ड स्टेसनरी सेन्टर सञ्चालन गर्ने ४१ वर्षीय किरण अर्याल रहेका छन् ।
दुवै जनालाई लिखतसम्बन्धी कसुर (सरकारीछाप–दस्तखत किर्ते) मुद्दामा मङ्गलबार म्याद थप गरी जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले जानकारी दिए ।
घलेका अनुसार मङ्गलबार धुलिखेल नगरपालिका–१२ को वडा कार्यालयको लेटरप्याड, छाप तथा वडाध्यक्षको सहीसमेत किर्ते गरी नक्कली कागजात बनाएको घटनाको अनुसन्धान गर्दै जाने क्रममा अर्यालको साइबर र तामाङका साथबाट वडाध्यक्षको ‘वार्ड चियरपर्सन’ लेखिएको छापसहित विभिन्न सङ्घसंस्थाको २६ थान छाप, रु ६८ हजार ७०० नगद, विभिन्न मुलुकको १४ थान नोट, दुई थान नागरिकता, पासपोर्ट तथा विभिन्न संस्थाको कागजात, ११ थान पेन–ड्राइभ, एक थान कम्प्युटरको सिपियू र दुई थान हार्ड–ड्राइभ बरामद गरिएको छ ।
तामाङले नाता प्रमाणित गर्न वडा कार्यालय जाने तयारी गरिरहेका बेला साइबर सञ्चालक अर्यालले वडा कार्यालयसम्म पुग्नु पर्दैन यहीबाट बनाई दिन्छु रु ७५० दिनु भन्दै धुलिखेल नगरपालिका–१२ शङ्खुपाटीचौरको लेटरप्याड, छाप र वडाध्यक्षको छापसहितको दस्तखत तयार गरिदिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
-
शुक्रबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण