काठमाडौँको छाप्रोमा ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा सवार युवकको मृत्यु
बिहीबार, १५ साउन २०८२, ११ : ०६
सारांश
- काठमाडौंमा ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ।
- दुर्घटनामा मोटरसाइकल चालक घाइते भएका छन्, भने ट्याङ्कर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
- घटना काठमाडौं महानगरपालिका-३२ मा जडीबुटीबाट पेप्सीतर्फ जाँदै गर्दा भएको हो।
काठमाडौँ । काठमाडौँ महानगरपालिका–३२ स्थित छाप्रोमा ट्याङ्करले ठक्कर दिँदा मोटरसाइकलमा सवार युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा काभ्रेको रोशी गाउँपालिका–३ घर भएर कोटेश्वर बस्ने २५ वर्षीय नवराज तुमसिंह मगर छन् ।
बुधवार राति पौने ९ बजेतिर जडीबुटीबाट पेप्सीतर्फ जाँदै गरेको बा.प्र–०१–००४ ख ३२८७ नम्बरको पानी ट्यांकरले विपरीत दिशातर्फ जाँदै गरेको बा.प्र–०२–०३३ प २५४८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।
मोटरसाइकलमा पछाडि सवार युवकको उपचारको क्रममा केएमसी अस्पतालमा मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी दीपक गिरीले रातोपाटीलाई बताए ।
मोटरसाइकल चालक काभ्रेको रोशी घर भएका २६ वर्षीय सन्तोष मगर घाइते छन् । ट्याङ्कर चालक धादिङ घर भएका ४७ वर्षीय रामबहादुर थापालाई प्रहरी प्रभाग कोटेश्वरले नियन्त्रणमा लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण