नेपालको मौलिक पहिचान नयाँ पुस्ताले पनि ग्रहण गर्दै जानुपर्छ : मन्त्री पाण्डे
सारांश
- मन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल विविधतापूर्ण संस्कृतिको धनी देश भएको बताए।
- उनले नेपालमा विभिन्न चाडपर्व, संस्कृति, रितिरिवाज रहेको र नेपाली खाना संस्कृतिसँग विज्ञान र जीवनदर्शन जोडिएको बताए।
- उनले साउन १५ मा खिर खाने परम्पराले स्वस्थ रहन र चिसोमा भिजेको शरीरलाई न्यानो बनाउन सहयोग गर्ने बताए।
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल विविधतापूर्ण संस्कृतिको धनी देश भएको बताएका छन् । आज काठमाडौँमा सातौँ राष्ट्रिय खिर खाने दिवसको (साउन १५) को अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले नेपालमा विभिन्न चाडपर्व, संस्कृति, रितिरिवाज, भाषा, भेसभुसा रहेको र नेपाल सांस्कृतिक रूपले पनि धनी रहेको बताए । नेपाल बहुसांस्कृतिक देश भएको बताउँदै नेपालीहरूले खाने खानपान र लगाउने भेसभुसाहरू संस्कृतिसँग मात्रै नभई विज्ञान, जीवनदर्शनसँग सम्बन्धित रहेको बताए ।
असार १५ मा बलियो बन्नका लागि दही चिउरा खाइने र ऊर्जाशील भएर काम गर्ने र साउन १५ मा खेतीपाती सकिसकेपछि स्वस्थ रहन र चिसोमा भिजेको शरीरलाई न्यानो बनाउन खिर खाने परम्परा रहेको बताए।
मन्त्री पाण्डेले यस्ता पर्वहरूले नेपालको मौलिक पहिचान, संस्कृतिलाई प्रवर्द्धन गर्ने र नयाँ पुस्ताले पनि ग्रहण गर्दै जानुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण