शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय विमानस्थललाई राष्ट्रिय गौरवका संरचनाको रूपमा राखौँ : मन्त्री पाण्डे

बिहीबार, १५ साउन २०८२, १५ : १७
बिहीबार, १५ साउन २०८२

काठमाडौँ । संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय विमानस्थललाई राष्ट्रिय गौरवका संरचनाको रूपमा राख्नुपर्ने बताएका छन् । 

सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले मन्त्रालय अन्तरगतका राष्ट्रिय गौरवका आयोजनाको विषयमा गरेको छलफलमा बोल्दै मन्त्री पाण्डेले मन्त्रालय अन्तरगत पाँच आयोजना रहेको भएपनी गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय विमानस्थल निर्माण सम्पन्न भइसकेकोले यी दुई आयोजना अब राष्ट्रिय गौरवका संरचनामा राख्नुपर्ने बताएका हुन् । 

मन्त्री पाण्डेले देशले अब यी आयोजनालाई राष्ट्रिय गौरवका संरचनामा राख्दै आयोजनाबाट फाइदा लिनुपर्ने बताए । यस्तै पशुपति र लुम्बिनीको गुरु योजना अनुसार काम अगाडी बढाउन सरकार प्रतिबद्ध रहेको मन्त्री पाण्डेको भनाइ थियो । 

निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई राष्ट्रिय गौरव आयोजनाको रूपमा राखेको भएपनि यो निर्माणमा नै अन्योल रहेको उनको भनाइ थियो ।निजगढ अन्तर्राष्ट्रिय विमानस्थल  देशको लागि  अपरिहार्य रहेकाले यसको निर्माण र सञ्चालन मोडालिटी बनाएर अगाडी बढ्ने मन्त्रीले पाण्डेले जानकारी दिए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप