विपद्जन्य घटनाबाट बागमती प्रदेश बढी प्रभावित
सारांश
- नेपालमा मनसुन भित्रिएको दुई महिना पूरा भयो, तर अनुमानित वर्षा हुन सकेको छैन।
- बाढीपहिरो र अन्य विपद्का कारण देशभर ७२ जनाको मृत्यु भएको छ भने १९ जना बेपत्ता छन्।
- बागमती प्रदेश सबैभन्दा बढी प्रभावित भएको छ, जहाँ १६ जनाको मृत्यु र १७ जना बेपत्ता छन्।
काठमाडौँ । नेपालमा मनसुन भित्रिएको दुई महिना पूरा भएको छ । गत जेठ १५ गते नेपालमा मनसुन भित्रिएको हो ।
यसपालि सरदरभन्दा बढी वर्षा हुने आङ्कलन गरिए पनि देशभर त्यसअनुसार वर्षा हुन सकेको छैन । यद्यपि विभिन्न क्षेत्रमा भारी वर्षा भएको छ । रसुवामा भने भारी वर्षा नै नभई गत असार २५ गते भीषण बाढी आउँदा ठुलो जनधनको क्षति भएको थियो । देशभर मनसुनपछि विपद्सहितका घटनामा ७२ जनाको मृत्यु भएको छ भने १९ जना बेपत्ता भएका छन् ।
यस वर्ष मनसुन सुरु भएयता विपद्जन्य घटनाबाट बागमती प्रदेश सबैभन्दा बढी प्रभावित भएको छ । बागमती प्रदेशमा मात्रै विपद्जन्य घटनामा १६ जनाको मृत्यु भएको छ । १७ जना बेपत्ता छन् । मनसुनजन्यसहित बागमती प्रदेशमा भएका विपद्जन्य २ सय ३१ घटनामा ६२ जना घाइते भएका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी प्रवक्ता, उपसचिव शान्ति महतले जानकारी दिए ।
उपसचिव महतका अनुसार कोशी र लुम्बिनी प्रदेशमा १३/१३ जनाको मृत्यु भएको छ । यो दुई महिनाको अवधिमा कोशीमा ३०० र लुम्बिनीमा १६२ विपद्जन्य घटना भएका थिए । ती घटनामा परेर कोशीमा ५० र लुम्बिनीमा ४५ जना घाइते भएका छन् । मधेस प्रदेशमा १५८ घटनामा ६ जनाको मृत्यु, एक जना बेपत्ता र २० जना घाइते भएका थिए भने गण्डकी प्रदेशमा १०५ घटनामा १० जनाको मृत्यु र २६ जना घाइते भएका थिए ।
उपसचिव महतका अनुसार कर्णाली प्रदेशमा १२८ घटनामा आठ जनाको मृत्यु, एक जना बेपत्ता र ४३ घाइते तथा सुदूरपश्चिम प्रदेशमा १६२ घटनामा ६ जनाको मृत्यु र ५७ जना घाइते भएका थिए । सातै प्रदेशमा मनसुनबाट दुई हजार ९३८ परिवार प्रभावित भएका प्राधिकरणले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
-
मोदी जलविद्युत्को ठेक्का प्रक्रिया विवादमा, अनुभवको प्रमाणपत्रमा किर्ते गरेको आरोप
-
नेपालगञ्जको तापक्रम ४१ डिग्रीसम्म पुग्नसक्ने : कुन सहरको मौसम कस्तो ?
-
घरेलु हतियारसहित पथरीबाट दुई युवतीसहित १० जना पक्राउ
-
नेपालमा तीन दिनसम्म ‘लु’ को चेतावनी
-
लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण