मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

भारतले लगातार १५ औँ टस हार्दा शुभमनले तोडे अर्को रेकर्ड

शुक्रबार, १६ साउन २०८२, ०७ : ४०
शुक्रबार, १६ साउन २०८२

सारांश

  • शुभमन गिलले २१ रन बनाएर आउट भए, तर उनले गावस्कर र सोबर्सको रेकर्ड तोडे।
  • गिलले शृङ्खलामा ७४३ रन बनाउँदै सर्वाधिक रन बनाउने भारतीय कप्तान बने।
  • केएल राहुल हजारभन्दा बढी बल खेल्ने तेस्रो भारतीय ओपनर बने।

ओभल । भारत र इंग्ल्याण्डबिचको एन्डरसन-तेन्डुलकर ट्रफीको पाँचौँ तथा अन्तिम टेस्टको पहिलो दिन भारतीय क्रिकेट टोलीका कप्तान शुभमन गिल मात्र २१ रन बनाएर रनआउट भए। छोटो इनिङ्सका बावजुद उनले सुनिल गावस्कर र ग्यारी सोबर्सको दुई रेकर्ड तोडेका छन्। 

सबैभन्दा धेरै रन बनाउने भारतीय कप्तान 
शुभमन गिल बिहीबार २१ रन बनाएर आउट भएसँगै हालको शृङ्खलामा उनको कुल रन ७४३ पुगेको छ। उनी कुनै पनि टेस्ट शृङ्खलामा सबैभन्दा धेरै रन बनाउने भारतीय कप्तान बनेका छन्। उनले सन् १९७८ मा वेस्ट इन्डिज विरुद्धको ६ टेस्ट शृङ्खलामा ७३२ रन बनाएका सुनिल गावस्करको रेकर्ड तोडेका छन्।

सबैभन्दा धेरै रन बनाउने विदेशी कप्तान 
शुभमनले इंग्ल्याण्डमा भएको टेस्ट शृङ्खलामा ७४३ रन बनाएर सबैभन्दा धेरै रन बनाउने विदेशी कप्तान पनि बने। उनले वेस्ट इन्डिजका दिग्गज सर गारफिल्ड सोबर्सको रेकर्ड तोडेका छन् । सोबर्सले सन् १९६६ मा ७२२ रन बनाएका थिए।

राहुलले सिरिजमा १००० बल खेले 
भारतका ओपनर केएल राहुलले ४० बलमा १४ रन बनाएर आउट भए। योसँगै उनी टेस्ट सिरिजमा हजारभन्दा बढी बल खेल्ने तेस्रो भारतीय ओपनर बने। भारतीय ओपनरले ११ वर्षपछि यो उपलब्धि हासिल गरे। सन् २०१४ मा मुरली विजयले इंग्ल्याण्डमा नै १०५४ बल खेलेका थिए। यी २ बाहेक सुनिल गावस्करले ओपनिङ गर्दा ५ पटक टेस्ट सिरिजमा १००० भन्दा बढी बल खेलेका छन्।

भारतले लगातार १५ औँ पटक टस हार्‍यो
बिहीबार इंग्ल्याण्डका कप्तान ओली पोपले द ओभल स्टेडियममा टस जितेर बलिङ गर्ने निर्णय गरे। अन्तर्राष्ट्रिय क्रिकेटमा लगातार १५ औँ पटक टस हारेको टिम इन्डियाले शृङ्खलामा एक पटक पनि टस जित्न सकेन। टोलीले यसअघि च्याम्पियन्स ट्रफीमा पनि सबै टस हारेको थियो। यस वर्ष फेब्रुअरीमा राजकोटमा इंग्ल्याण्डविरुद्धको टी-२० खेलमा भारतले अन्तिम टस जितेको थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप