एकपक्षीय रूपमा महाधिवेशन गरिए अदालतको मानहानि हुन्छः महेश श्रेष्ठ
सारांश
- एनआरएनए अध्यक्ष महेश श्रेष्ठले बद्री केसी पक्षले गर्न लागेको महाधिवेशन अवैध हुने बताए।
- अदालतमा मुद्दा विचाराधीन रहेको र परराष्ट्र मन्त्रालयको मान्यता प्राप्त भइसकेकाले अर्को महाधिवेशन अवैधानिक हुने श्रेष्ठको भनाइ छ।
- अवैधरुपमा महाधिवेशन गर्न खोजिए त्यसविरुद्ध अदालत जाने श्रेष्ठले स्पस्ट पारे ।
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को गत वैशाखमा सम्पन्न एकता महाधिवेशनबाट निर्वाचित अध्यक्ष महेश श्रेष्ठले बद्री केसी पक्षले महाधिवेशन गर्नै नमिल्ने जिकिर गरेका छन् ।
केसी पक्षले राष्ट्रिय समन्वय परिषद् (एनसीसी)को निर्वाचन सकेर आगामी अक्टोबरमा १२ औँ महाधिवेशनको तयारी गरिरहेका बेला श्रेष्ठले संघको विवादका सम्बन्धमा अदालतमा मुद्दा विचाराधीन समेत रहेकाले त्यसो गरिए सोझै मानहानि हुने बताएका हुन् ।
श्रेष्ठले शुक्रबार सञ्चारकर्मीहरुसँग भने, ‘सर्वोच्च अदालतको परमादेश अनुसार, उच्चस्तरीय समितिको संयोजनमा वैशाखमा परराष्ट्र मन्त्रालय र कानुन मन्त्रालयका प्रतिनिधिको उपस्थितिमा एकता महाधिवेशन सम्पन्न भइसकेको छ। त्यसमा परराष्ट्र मन्त्रालयको समेत मान्यता प्राप्त भइसकेको छ। यस्तो अवस्थामा अर्को महाधिवेशन वैधानिक हुन सक्दैन।’
श्रेष्ठका अनुसार परराष्ट्र मन्त्रालय एनआरएनए महाधिवेशनमा सधैँ संलग्न रहने अभ्यास रहिआएको छ । सोहीअनुसार वैशाखमा सम्पन्न महाधिवेशन पनि सम्पूर्ण प्रक्रिया पुर्याएर गरिएको हो। त्यसैले अहिले बद्री केसी पक्षले गर्न लागेको भनिएको महाधिवेशन वैधानिक नहुने र त्यसले संस्थागत मान्यता समेत नपाउने उनले जिकिर गरे ।
उनले अगाडि भने, ‘यदि अदालतले नयाँ फैसला गर्यो भने त्यसअनुसार अघि बढ्न सकिन्छ। अथवा हामी सबै बृहत् एकता गरी अर्को महाधिवेशन गर्न सहमत भयौँ भने मात्र अर्को महाधिवेशन सम्भव छ। त्यसबाहेक अब कुनै पनि अधिवेशन वैधानिक हुने छैन।’
श्रेष्ठले सबै राष्ट्रिय समन्वय परिषद् (एनसीसी) हरूलाई पनि एकपक्षीय अधिवेशनमा सहभागी नहुन र त्यसका लागि कुनै सदस्यता शुल्क वापतको सहयोग नगर्न समेत अनुरोध गरे ।
श्रेष्ठले भने, ‘विचाराधीन मुद्दाका बिच एकतर्फी रूपमा अधिवेशनमा भाग लिने वा सदस्यता शुल्कको पैसा पठाउने एनसीसीलाई हामीले संघको मान्यता नदिने स्पष्ट पार्दछौँ।’
यस्तै उनले अवैधरुपमा महाधिवेशन गर्न खोजिए त्यसविरुद्ध अदालत जाने समेत स्पस्ट पारे ।
एनआरएनएको विवादका सन्दर्भमा अदालतमा विचाराधीन रहेका ६ वटा मुद्दामाथि सर्वोच्च अदालतमा साउन २२ गते सुनुवाइ हुनेगरी पेसी तोकिएको छ । यसअघि बिहीबार उक्त मुद्दा हेर्न नमिल्ने न्यायाधीशको पूर्ण इजलासमा परेको थियो ।
सर्वोच्चका न्यायाधीशहरु हरिप्रसाद फुयाँल, डा मनोजकुमार शर्मा, डा कुमार चुडालको पूर्ण इजलासमा तोकिएको ६ वटा मुद्दा हेर्न नमिल्नेमा परेको हो । यसअघि असार १९ को पूर्ण इजलासले सबै मिसिल साथै राख्ने आदेश दिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण