अपडेट
एक महिनासम्म खटाएको स्थानमा नगएपछि गृहका २३ कर्मचारीलाई २४ घण्टे उर्दी (सूचीसहित)
शुक्रबार, १६ साउन २०८२, ११ : ५७
सारांश
- गृह मन्त्रालयले सरुवा/पदस्थापन भएका कर्मचारीलाई २४ घण्टाभित्र हाजिर हुन निर्देशन दिएको छ।
- मन्त्रालयले विभिन्न मितिमा सरुवा भएका १८ शाखा अधिकृत र ५ नायब सुब्बालाई उर्दी जारी गरेको हो।
- खटाइएको स्थानमा नगएका कर्मचारीहरूलाई हाजिर हुन मन्त्रालयले सूचना प्रकाशित गरेको छ।
काठमाडौँ । गृह मन्त्रालयले सरुवा/पदस्थापन गरिएको कार्यालयमा निर्णय भएको एक महिनासम्म पनि नगएपछि खटाएको स्थानमा हाजिर हुन २४ घण्टे उर्दी जारी गरेको छ ।
मन्त्रालयको कर्मचारी प्रशासन शाखाले बिहीबार निर्णय गर्दै २४ घण्टे उर्दी जारी गरेको हो । मन्त्रालयले वेभ पोर्टलमा आज सूची सार्वजनिक गर्दै मन्त्रालयले १८ शाखा अधिकृत र ५ नायब सुब्बालाई २४ घण्टे उर्दी जारी गरेको हो ।
खटाएको स्थानमा नजानेमा गत असार १६ गते निर्णय भएका १, असार १८ गते निर्णय भएका ७ र साउन ७ गते निर्णय भएका १० शाखा अधिकृत छन् भने साउन १८ गते निर्णय भएका ५ नायब सुब्बा छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
-
चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जना सर्टलिस्टमा
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
-
बागमतीका कृषि मन्त्री पौडेलले भने–अब सरकारको नेतृत्व जसको संख्या पुग्छ त्यसले गर्छ
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण