पाकिस्तानलाई १९ प्रतिशत कर, अन्य दक्षिण एसियाली देशलाई कति ?
शुक्रबार, १६ साउन २०८२, १४ : १७
सारांश
- अमेरिकी राष्ट्रपति ट्रम्पले विभिन्न देशहरूमा कर लगाउने घोषणा गरेका छन्।
- अमेरिकाले पाकिस्तानमा १९% र भारतमा २५% कर लगाउने निर्णय गरेको छ।
- नयाँ भन्सार दरहरू अगस्ट ७ देखि लागू हुनेछन् र क्यानडामा ३५% भन्सार शुल्क लागु भएको छ।
वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि एक पटक धेरै देशहरूमा कर लगाउने घोषणा गरेका छन्।
अमेरिकाले पाकिस्तानमाथि १९ प्रतिशत कर लगाएको छ । दक्षिण एसियाली कुनै पनि देशको तुलनामा यो सबैभन्दा कम हो।
यसैबिच, अमेरिकाले भारतमा २५ प्रतिशत कर लगाउने घोषणा गरिसकेको छ।
अमेरिकी राष्ट्रपति ट्रम्पले व्यापार सम्झौताको लागि तोकेको समयसीमाभन्दा केही घण्टा अगाडि शुक्रबार ह्वाइट हाउसले दर्जनौँ देशहरूका लागि नयाँ ट्यारिफ दरहरू जारी गरेको थियो। क्यानडामा लगाइएको ३५ प्रतिशत भन्सार शुल्क शुक्रबारदेखि लागू भएको छ।
बाँकी ७० भन्दा बढी देशहरूमा नयाँ भन्सार दरहरू अझै लागू हुने छैनन्। ट्रम्पको नयाँ कार्यकारी आदेश अन्तर्गत, यो भन्सार अगस्ट ७ देखि लागू हुनेछ।
दक्षिण एसियाली देशहरूमा कति कर
- पाकिस्तान: १९%
- बंगलादेश: २०%
- श्रीलंका: २०%
- भारत: २५%
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण