एट्कसिनको फाइफर, २२४ रनमा समेटियो भारत
शुक्रबार, १६ साउन २०८२, १६ : २०
काठमाडौँ । इंग्ल्याण्डविरुद्धको टेस्ट शृङ्खलाको पाँचौँ तथा अन्तिम खेलको पहिलो इनिङ्समा भारत २२४ रनमा अलआउट भएको छ ।
गस एट्किन्सनले घातक बलिङ गरेपछि भारत ६९.४ ओभरमा अलआउट हुन पुगेको हो । टोलीका लागि कुरुण नायरले सर्वाधिक ५७ रनको इनिङ्स खेले ।
उनले १०९ बलमा ८ चौका प्रहार गरे ।त्यस्तै, साई सुदर्शनले ३८ रनको योगदान दिए । वासिङ्टन सुन्दरले २६ रन तथा कप्तान शुभमन गिलले २१ रन जोडे ।
भारतलाई सस्तोमा समेट्न एट्किन्सनले २१.४ ओभरमा ३३ रन खर्चेर ५ विकेट लिए । उनलाई जोस टङले ३ विकेट लिँदै राम्रो साथ दिए । क्रिस वोक्सले १ विकेट हात पारे ।
५ खेलको शृङ्खलामा घरेलु टोली इंग्ल्याण्ड २–१ ले अघि रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिलजीत दोसांझको फिल्म ‘सतलुज’ रिलिज भएको ४८ घण्टामै भारतमा ओटिटी प्लेटफर्मबाट हटाइयो
-
धार्मिक पर्यटन विकासका लागि ‘देवभूमि सर्किट’ : मन्त्री पौडेल
-
महिला टी–ट्वान्टी विश्वकप फाइनल: इंग्ल्यान्डले अस्ट्रेलियालाई दियो १५१ रनको लक्ष्य
-
उत्तर कोरियाद्वारा नयाँ हतियार ‘काङ कोन’ परीक्षण
-
१० बजे १० समाचार : बालेन सरकारलाई घेराबन्दी गर्ने तयारी, मधेसका रास्वपा सांसद असन्तुष्ट
-
जनप्रतिनिधि जनताप्रति उत्तरदायी हुनुपर्छः मन्त्री लम्साल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण