मेयर भट्टराईले भने– ‘एक मुठी श्वास रहुन्जेलसम्म आमरण अनशन जारी रहनेछ’
सारांश
- दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले ७ बुँदे माग राख्दै आमरण अनशन जारी राखेका छन्।
- मेयर भट्टराईको स्वास्थ्यमा समस्या आएपछि उनलाई अस्पताल लगियो, जहाँ मानव अधिकार आयोगले जीवन रक्षाको लागि सरकारलाई ध्यानाकर्षण गरायो।
- उपमेयर विसन राईको नेतृत्वमा मन्त्रालयसँगको वार्ता बिना निष्कर्ष टुंगियो, उनले वार्तालाई माग तुहाउने षडयन्त्रको आरोप लगाए।
काठमाडौँ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले आफ्नो आमरण अनसन जारी रहेको बताएका छन् । भट्टराईले बाँदर आतङ्क नियन्त्रण, जलवायु परिवर्तन र बाँसको सदुपयोगसम्बन्धी ७ बुँदे मागसहितको आमरण अनशन जारी राखेका हुन्।
भट्टराईको तर्फबाट उपमेयर विसन राईले एक प्रेस विज्ञप्ति जारी गर्दै मेयर भट्टराईले आफ्नो माग सम्बोधन नभएसम्म अनशन नतोड्ने जानकारी दिएका हुन्। ‘७ बुँदे माग सम्बोधन नभएसम्मका लागि एक मुठी श्वास रहुन्जेलसम्म पनि आमरण अनशनबाट पछि नहट्ने ब्यहोरा अवगत गराउँदछु।’
मेयर भट्टराईले श्रावण ११ गतेदेखि काठमाडौँको माइतीघर मण्डलामा सत्याग्रह सुरु गरेका थिए। श्रावण १४ गते स्वास्थ्यमा समस्या आएपछि उनलाई वीर अस्पताल लगिएको थियो । अस्पतालमा भर्ना भएपछि राष्ट्रिय मानव अधिकार आयोगले उनको जीवन रक्षाका लागि सरकारलाई ध्यानाकर्षण गराएको थियो।
यसैबिच, उप(प्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंह र स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको पहलमा वन तथा वातावरण मन्त्रालयमा वार्ता भएको थियो। नगर उपप्रमुख विसन राईको नेतृत्वमा गएको टोली र मन्त्रालयबिच ५ घण्टा लामो छलफल भए पनि कुनै ठोस निष्कर्ष निस्केको छैन।
उपमेयर राईले वार्तामा प्रयोग गरिएका शब्दहरू ‘अमूर्त’ र ‘तदर्थवादमा आधारित’ रहेको भन्दै यसलाई मागलाई तुहाउने षड्यन्त्र भएको आरोप लगाएका छन् । प्रेस विज्ञप्तिमा मेयर भट्टराईले आमरण अनशनको निगरानीका लागि जिल्ला प्रशासन कार्यालयले प्रतिनिधि नपठाएकोमा असन्तुष्टि जनाएका छन्। उनले प्रमुख जिल्ला अधिकारीलाई तत्काल एक जना आधिकारिक प्रतिनिधि पठाउन अनुरोध गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण