अपडेट
बाढी र पहिरोका कारण देशभरका विभिन्न स्थानमा राजमार्गहरू अवरुद्ध
शनिबार, १७ साउन २०८२, ११ : ०५
सारांश
- बाढी र पहिरोका कारण देशभरका विभिन्न स्थानमा राजमार्ग अवरुद्ध भएका छन्।
- प्रहरीका अनुसार, सङ्खुवासभा, रसुवा र रुकुम पश्चिमका विभिन्न सडक खण्डहरू पूर्ण रूपमा बन्द छन्।
- ७ स्थानमा एकतर्फी रूपमा मात्र सवारी साधन सञ्चालनमा रहेको प्रहरीले जनाएको छ।
काठमाडौँ । बाढी र पहिरोका कारण देशभरका विभिन्न स्थानमा राजमार्गहरू अवरुद्ध भएका छन् । नेपाल प्रहरीले आज (शनिबार) बिहान १० बजे सार्वजनिक गरेको विवरणअनुसार देशका ५ स्थानमा सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् । यस्तै ७ स्थानमा एकतर्फी रूपमा मात्र सवारी साधन सञ्चालनमा रहेका छन्।
प्रहरीका अनुसार सङ्खुवासभाको भोटखोला गाउँपालिका–८ स्थित कोशी राजमार्ग पूर्ण रूपमा अवरुद्ध छ। यस्तै रसुवाको गोसाईंकुण्ड गाउँपालिका–२ मा नेपाल र चीन नाका जोड्ने पुल, गोसाईंकुण्ड गाउँपालिका–२, ३ मा पर्ने पासाङल्हामु सडक खण्ड र उत्तरगया गाउँपालिका–५ गल्छी–त्रिशूलीदेखि मैलुङ–स्याफ्रु पूर्ण रूपमा बन्द भएको छ।
त्यस्तै, रुकुम पश्चिममा बाढीका कारण आठबिसकोट नगरपालिका६ स्थित जाजरकोट–डोल्पा भेरी करिडोर सडक खण्ड पनि पूर्ण रूपमा अवरुद्ध भएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुनी प्रभाव कायम, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
वैदेशिक रोजगारीसम्बन्धी ठगी र गुनासाका घटना बढ्दै
-
नागरिकसँगको प्रत्यक्ष संवादका लागि झापाका गाउँटोलमा रास्वपा सांसद
-
हाइड्रोजन सवारीसम्बन्धी नीति बनाउन सरकारले माग्यो सुझाव
-
ऊर्जामन्त्रीसमक्ष विद्युत् नियमन आयोगका नवनियुक्त पदाधिकारीको शपथ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण