आयोगद्वारा पीडित र सरोकारवालासँग परामर्श
सारांश
- बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले पीडितको सहभागितामा सत्य र न्याय सुनिश्चित गर्ने प्रतिबद्धता जनाएको छ।
- आयोगले सरोकारवालाहरूसँग परामर्श गरी नियमावली बनाउने र सुझावहरू समावेश गर्ने भएको छ।
- परामर्शमा इकाई, विज्ञ, अनुसन्धान, र अन्य व्यावहारिक पक्षहरूमा सुझावहरू प्राप्त भएका छन्।
काठमाडौँ । बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोगले पीडितको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्दै सत्य तथा न्याय सुनिश्चित गर्न दृढ रहने प्रतिबद्धता जनाएको छ ।
सो आयोगसम्बन्धी ऐन, २०७१ मा भएको तेस्रो संशोधनअनुरूप नियमावली तयार गर्न पीडित र सरोकारवालासँग आयोगले परामर्श गरेको थियो । उक्त कार्यक्रममा सरोकारवालालाई केन्द्रमा राखी उनीहरुको सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड दिइएको छ ।
आयोगले पूर्वपदाधिकारी, पूर्व सचिव, बेपत्ता पारिएका व्यक्तिका परिवार, सरकारका विशिष्ट श्रेणीका पदाधिकारी, वरिष्ठ अधिवक्ता, अधिवक्ता तथा सरोकारवालासँग परामर्श लिएको थियो ।
परामर्शमा मुख्यतः आयोगमा रहने इकाई, त्यसमा रहने विषय विज्ञ, सत्य अन्वेषण, छानबिन तथा अनुसन्धानका व्यवस्था, परिपूरण, मनोसामाजिक परामर्श, सुरक्षा, गोपनीयतासँग सम्बन्धित व्यावहारिक चुनौती तथा अवसरका बारेमा सुझाव प्राप्त भएको आयोगका सदस्य एवं प्रवक्ता सिर्जना पोखरेलले जानकारी दिइन् ।
विगतका कानुनी एवं व्यावहारिक चुनौती र आगामी दिनमा गर्नुपर्ने सुधारका बारेमा विस्तृत छलफल भएको आयोगले जनाएको छ । ऐनमा भएको तेस्रो संशोधनअनुसार तयार गरिएको आयोगको नियमावलीमा प्राप्त सुझावले कार्य सञ्चालनलाई विधिसम्मत बनाउन महत्त्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
प्राप्त सुझावलाई नियमावलीको प्रारम्भिक मस्यौदामा समावेश गरी सरकारसमक्ष परामर्श दिने प्रतिबद्धता जनाइएको पनि उनले बताइन् । सो सुझावले पीडित मैत्री किसिमले सङ्क्रमणकालीन न्यायलाई तार्किक निष्कर्षमा पुर्याउन कोशेढुङ्गा साबित हुने अपेक्षा आयोगको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण