सरकारी कामकाजको भाषा सम्बन्धी विधेयक प्रदेश सभामा पेस गर्ने निर्णय
सारांश
- कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषा सम्बन्धी विधेयक प्रदेश सभामा पेस गर्ने निर्णय गरेको छ।
- विधेयक पास भएपछि भाषा आयोगको सिफारिस अनुसार लिम्बु र मैथिली भाषालाई सरकारी कामकाजको भाषा बनाइनेछ।
- मन्त्रिपरिषद् बैठकले प्रदेश सरकारको नाम कोशी प्रदेश सरकार, विराटनगर नेपाल लेख्ने निर्णय गर्यो।
काठमाडौँ । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषा सम्बन्धी विधेयक प्रदेश सभामा पेस गर्ने निर्णय गरेको छ ।
शनिबार विराटनगर स्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको बैठकले विधेयक पेस गर्ने निर्णय गरेको र विधेयक पास भएपछि भाषा आयोगले सिफारिस गरे अनुसार कोशी प्रदेशमा लिम्बु र मैथिली भाषालाई सरकारी कामकाजको भाषा बनाइने प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतिरमण भण्डारीले जानकारी दिए ।
यसैगरी मन्त्रिपरिषद् बैठकले प्रदेश सरकारको नाम कोशी प्रदेश सरकार, विराटनगर नेपाल लेख्ने निर्णय गरेको छ । प्रदेश सरकार कोशी प्रदेशले प्रदेश सरकारको उपस्थिति नदेखिए जस्तो भएकोले प्रदेश सरकारको नामकरण परिवर्तन गरिएको मन्त्री भण्डारीले जानकारी दिए ।
यसैगरी मन्त्रिपरिषद् बैठकले प्रदेश स्वास्थ्य नीति स्वीकृत गरेको मन्त्री भण्डारीले बताए । उनले कोशी प्रदेश तथ्यांक सम्बन्धी विधेयक पनि प्रदेश सभामा पेस गर्ने निर्णय गरेको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दीपक भट्ट र विष्णु पौडेलको सम्पत्ति शुद्धीकरण मुद्दामा कमलकिशोर र चुन्नुप्रसाद सरकारी साक्षी
-
४०० स्थानीय तहमा जग्गाको कित्ताकाट भोलिदेखि रोकिँदै
-
बागमतीमा एमालेका मन्त्रीहरुको राजीनामा रोकियो
-
प्लेन चढेर सरकारसँग वार्ता गर्न आउँदै मिटरब्याज पीडित
-
विष्णु पौडेलसहित केही व्यक्ति र कम्पनीविरुद्ध अदालतमा अभियोगपत्र दायर
-
वर्षापछि माइतीघर जलमग्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण