देश बनाउन सबैले असल काम गर्नुपर्छः अध्यक्ष बिजुक्छेँ
सारांश
- नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले कर्मचारी र प्राविधिकले राम्रो काम नगर्दा देश बिग्रिएको बताए।
- उनले प्राविधिक ज्ञानको साथै सदाचार, समाज सेवा र राजनीतिक चेतनाको शिक्षा आवश्यक रहेको औंल्याए।
- कार्यक्रममा ५४ विद्यालय र क्याम्पसका विद्यार्थीहरुको सहभागिता रहेको थियो, जहाँ कलाकार रामशरण प्रजापतिलाई सम्मान गरिएको थियो।
भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ ‘रोहित’ले कर्मचारीदेखि प्राविधिकसम्म सबैले असल काम गरे मात्रै देश बन्ने बताएका छन् ।
निओ फ्युजन स्कुल अफ कम्प्युटर इन्स्टिच्युटको कार्यक्रममा आज उनले कर्मचारी र प्राविधिकको गलत नियतले देश बिग्रदै गएको बताए ।
अध्यक्ष बिजुक्छेँले भने, “हाल देशमा प्राविधिकतन्त्रले अपेक्षित योगदान दिन सकेको छैन । कर्मचारीतन्त्र र प्राविधिकतन्त्रले ध्यान नदिँदा देश विकास हुन सकिरहेको छैन । यदि कर्मचारी र प्राविधिक मात्रै ठिक हुने हो भने धेरै समस्या समाधान हुनेछ, विकासले गतिलिने छ ।”
उनले नयाँ पुस्तालाई केवल प्राविधिक ज्ञानमा सीमित नराखी सदाचार, समाज सेवा र राजनीतिक चेतनासहितको शिक्षा दिनुपर्ने आवश्यकता औँल्याए ।
कार्यक्रममा देशभरका विभिन्न ५४ वटा विद्यालय तथा क्याम्पसका विद्यार्थीहरूको सहभागिता रहेको थियो । इन्स्टिच्युटका अध्यक्ष बालकृष्ण बनमालाले कला क्षेत्रमा गरेको योगदानका लागि भक्तपुरका चर्चित कलाकार रामशरण प्रजापतिलाई सम्मान गरिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण