ललितपुरमा श्रीमान्ले गरे श्रीमतीको हत्या
सारांश
- ललितपुरको ठैवमा श्रीमानले श्रीमतीको हत्या गरेका छन्।
- प्रहरीले हत्यामा संलग्न निरोज कुमार खड्गीलाई पक्राउ गरेको छ।
- श्रीमतीको शव पोस्टमार्टमका लागि पाटन अस्पतालमा पठाइएको छ, घटनाबारे अनुसन्धान जारी छ।
काठमाडौँ । ललितपुरको ठैवमा श्रीमान्ले श्रीमतीको हत्या गरेका छन् । गोदावरी नगरपालिका वडा नम्बर–१४ स्थित ठैवमा निरोज कुमार खड्गीले ४६ वर्षीया श्रीमती सुस्मिता खड्गीको हत्या गरेका हुन् ।
काठमाडौँको चन्द्रागिरि नगरपालिका–८ थानकोट घर भएका ४६ वर्षीय निरोज कुमार खड्गी पत्नीसँग ठैवमा टहरो बनाएर बस्दै आएका थिए । आइतबार बिहान ६ बजेतिर घटनाबारे सूचना आएको ललितपुरका एसएसपी श्यामकृष्ण अधिकारीले रातोपाटीलाई बताए । प्रहरीले हत्यामा संलग्न आरोपमा निरोज कुमार खड्गीलाई पक्राउ गरेको छ ।
सुस्मिताको शव पोस्टमार्टमका लागि पाटन अस्पतालमा पठाइएको एसएसपी अधिकारीले जानकारी दिए । घटनाबारे प्रहरी वृत सातदोबाटोले अनुसन्धान गरिरहेको छ ।
निरोजले घाँटी थिचेर पत्नीको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । आपसी विवाद हुँदा उनले हत्या गरेको थाहा भएको छ । घटनास्थल प्रहरी प्रभाग बाँडेगाउँबाट २ किलोमिटर उत्तरतर्फ पर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साढे ४३ करोड वक्यौता असुली, विदेशमै लुक्ने त्रिविका ४०० प्राध्यापकबाट १३ करोड असुल
-
पपुलिजमको आडमा सरकार अधिनायकवादतर्फ उन्मुख भयो : पोखरेल
-
‘कानुनी जटिलताले पूर्वाधार विकास रोकियो, समय अभावले अध्यादेशको बाटो रोज्नुपर्यो’
-
बालेन र सुदनसँग नेकपा एमालेले एक–एक हिसाब राखेको छ : सचिव बस्नेत
-
सगरमाथामा पाइला टेक्दा...
-
सहकारीलाई संकटबाट बाहिर ल्याउन सरकार कठोर हुनुपर्ने अवस्था आयो: मन्त्री रावल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण