पछिल्लो २४ घण्टामा कामचट्कामा गयो ६५ वटा भूकम्प
आइतबार, १८ साउन २०८२, १२ : ५९
सारांश
- रुसको कामचट्कामा २४ घण्टामा ६५ वटा भूकम्प गएको छ, जसमा १० वटा महसुस भएका थिए।
- जुलाई ३० मा ८.८ म्याग्निच्युडको भूकम्पपछि पराकम्पहरू गइरहेका छन्, विज्ञहरूका अनुसार यो महिनौंसम्म जारी रहनेछ।
- भूकम्पका कारण सुनामी आएको थियो र जापान, अमेरिका, तथा फिलिपिन्ससम्मै सुनामीको चेतावनी जारी गरिएको थियो।
मस्को । रुसको सुदूरपूर्वी क्षेत्र कामचट्कामा पछिल्लो २४ घण्टामा ६५ वटा भूकम्प गएको छ । यो यहीँ क्षेत्र हो जहाँ जुलाई ३० मा ८.८ तीव्रताको भूकम्प गएको थियो । कामचट्काको जियोफिजिक सर्भिस कार्यालयले टेलिग्राममार्फत २४ घण्टामा ६५ वटा भूकम्प गएको जनाएको छ ।
अघिल्लो दिन मध्यराति देखि अगस्ट २ को राति ११ बजेसम्म गएका यी भूकम्पमध्ये १० वटाचाहिँ महसुस नै हुने खालको भएको भनिएको छ । समग्रमा भने ६५ वटा भूकम्प गएको बताइएको छ । शक्तिशाली भूकम्प गएकोले पराकम्प महिनौँसम्म आइरहने भूगर्भ विज्ञहरूले भनेका छन् ।
जुलाई ३० यता कामचट्कामा ५ रेक्टर स्केलका कयौँ भूकम्प मापन गरिएको छ । भूकम्पका कारण प्रशान्त महासागरमा सुनामी आएको थियो । जापान, अमेरिका र फिलिपिन्ससम्मै सुनामीको अलर्ट जारी गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीर अस्पतालमा एक महिनादेखि सिटी स्क्यान सेवा बन्द, बिरामी निजी अस्पताल धाउन बाध्य
-
चौरजहारी–मुसिकोट सडक १५ दिनका लागि बन्द हुने
-
रसुवागढी नाकाबाट ४० अर्बभन्दा बढीको आयात
-
पहिलो ‘ड्रिम प्रोजेक्ट’ मा भएको ढिलाइ र लागत १८ अर्ब पुग्दा संसदीय समितिमा उठ्यो प्रश्न
-
दीपक भट्ट र शुलभ अग्रवालमाथि म्याद थपियो
-
फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण