राहत प्याकेज बिना सुक्खाक्षेत्र घोषणाले पीडितलाई झन् पीडित बनाएको छ : प्रभु साह
सारांश
- आजपा अध्यक्ष प्रभु साहले सरकारले मधेसलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेर राहत प्याकेज नल्याएकोमा असन्तुष्टि जनाए।
- उनले राहत प्याकेज बिना सुक्खाक्षेत्र घोषणाले पीडितलाई झन् पीडित बनाएको बताए।
- साहले पीडितलाई तत्काल राहत प्याकेज सहित दीर्घकालीन रूपमा पानीको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराए।
बारा । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सरकारले मधेसलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने तर राहत प्याकेजको कुनै योजना नल्याउनु सरकारको नालायकीपन भएको टिप्पणी गरेका छन् ।
बाराको कलैयास्थित उद्योग वाणिज्य संघको सभाहलमा आजपाद्वारा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै आजपा अध्यक्ष साहले राहत प्याकेज बिना सुक्खाक्षेत्र घोषणाले पीडितलाई झन् पीडित बनाएको बताए । मधेसमा जलसंकट देखिएपछि सरकारले मधेसका आठ जिल्लालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको थियो । तर सरकारले अहिलेसम्म राहतको कुनै प्याकेज ल्याउन नसकेको उनको भनाइ थियो ।
‘मधेसमा जलसंकटले सर्वसधारणदेखि किसानसम्म मर्कामा परेका छन्, समस्यामा छन् । सरकारले विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्नु त ठिकै हो । तर के सरकारको काम केवल संकटग्रस्त घोषणामात्रै हो ? के सरकारले पिडामा रहेका ति मान्छेका लागि कुनै राहतको प्याकेज ल्याउनु हुँदैन ? राहत प्याकेजको कुनै योजना नल्याउनु सरकारको नालायकीपन हो,’ आजपा अध्यक्ष साहले भने ।
साहले पीडितलाई तत्काल राहत प्याकेज सहित दीर्घकालीन रूपमा पानीको समस्या समाधानमा सरकार लाग्नुपर्ने ध्यानाकर्षण गराए ।
आजपा बाराका अध्यक्ष राजकिशोर साहको अध्यक्षतामा भएको कार्यक्रममा आजपा केन्द्रीय कार्यालयका सदस्यहरु अशोक लामा, त्रिभुवन साह, उमेश कुश्वाहा लगायतको विशेष सहभागिता रहेको थियो । उनीहरूले जलसंकट भएर जिल्लाका किसानदेखि सर्वसाधारण नागरिकले दुख पाइरहेको जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोस्रो हाफमा गोलको खडेरी, सहज जिततर्फ ब्राजिल
-
रास्वपा महाधिवेशन : विदेशबाट पनि मतदान गर्न मिल्ने
-
खाली पेट खानै हुन्न लिची
-
बाढी पहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध
-
चोरी गर्न जाँदा चोरिएकै गाडी प्रयोग, युवक पक्राउ
-
वैदेशिक रोजगारीमा रहेका श्रमिकको अवस्था अनुगमन गर्न म्यानपावर कम्पनीहरूलाई विभागको निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण