कोशी प्रदेशका प्रमुखको कार्यभार मधेस प्रदेश प्रमुखलाई
आइतबार, १८ साउन २०८२, १६ : ५२
सारांश
- राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको अनुपस्थितिमा मधेस प्रदेश प्रमुखलाई कार्यभार तोकेका छन्।
- कोशी प्रदेश प्रमुख परशुराम खापुङ मलेसियामा आयोजना हुने एक कार्यक्रममा सहभागी हुँदैछन्।
- नेपाल सरकारको सिफारिसमा राष्ट्रपतिले सुमित्रा सुवेदी भण्डारीलाई कार्यभार तोकेका हुन्।
काठमाडौँ । कोशी प्रदेशका प्रदेश प्रमुखको कार्यभार मधेस प्रदेशका प्रमुखले सम्हाल्ने भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङको अनुपस्थितमा मधेस प्रदेशकी प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई कार्यभार तोकेका हुन् ।
प्रदेश प्रमुख खापुङ आइतबारदेखि मलेसियामा आयोजना हुने नेपाल आदिवासी जनजाति महासंघ मलेसियाको चौथो अधिवेशनमा प्रमुख अतिथिको रूपमा सहभागी हुन त्यसर्फ गएका छन् । नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिस अनुसार राष्ट्रपति पौडेलले कार्यभार तोकेको राष्ट्रपतिको कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिएकी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्ड फ्लु संक्रमण लुकाएको आरोपमा चिडियाखाना प्रमुख साह छानबिनमा
-
मदन भण्डारी कप यु–१९ विद्यालयस्तरीय बागमती प्रदेश छात्रा भलिबल भोलिदेखि सुरु हुने
-
ए स्टार नेपाल बास्केटबल लिग २०२६ को सेमिफाइनल समीकरण पूरा
-
एकअर्कालाई 'धन्यवाद' र 'सरी' भन्दै सकियो रास्वपाको बैठक
-
विज्ञापन प्रतिबन्धले निजी मिडिया संकटमा, नीति पुनर्विचार गर्न सरकारसँग आग्रह
-
उदयपुर बस दुर्घटना : घाइते ३० मध्ये २३ जना डिस्चार्ज, ७ जनाको उपचार हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण