व्यापक ध्रुवीकरणबिना नेपालमा समाजवाद असम्भव : विप्लव
आइतबार, १८ साउन २०८२, २० : ५०
काठमाडौँ । नेकपाका महासचिव विप्लवले समाजवादी क्रान्तिका लागि व्यापक ध्रुवीकरण आवश्यक भएको बताएका छन् ।
आइतबार राजधानीको संवाद डबलीमा आयोजित दुई पुस्तक सार्वजनिकीकरण कार्यक्रममा विप्लवले नेपाली समाज राजनीतिक बहसबाट विमुख भइरहेको सन्दर्भमा यी दुई पुस्तकले सिद्धान्तनिष्ठ बहसको उठान गरेकोसमेत ठोकुवा गरे ।
विप्लवले कृष्णहरि भट्टको ‘कम्युनिस्ट जनवाद’ र खेम थपलियाको ‘कम्युनिस्ट समाजवाद’ पुस्तकहरू गहन अध्ययनका साथ आएको बताउँदै उक्त पुस्तक खास गरी युवालगायत यो आन्दोलनमा रहेकाहरूले अनिवार्य पढ्नुपर्ने बताए ।
विप्लवले वर्तमान सत्ताको बारेमा टिप्पणी गर्दै वर्तमान सत्ता र यसका सञ्चालकहरू फासिजमतिर उन्मुख भएको आरोप लगाए । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले नेपाली कम्युनिस्ट आन्दोलनको सिद्धान्तनिष्ठ पुनर्गठनबिना क्रान्ति सम्भव नभएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण