किसानलाई राहतको माग गर्दै मुख्यमन्त्री र प्रधानमन्त्रीलाई ज्ञापनपत्र
रौतहट । सुक्खा र खडेरीको मारमा परेका मधेसका किसानलाई तत्काल राहत प्याकेज उपलब्ध गराउन माग गर्दै मुख्यमन्त्री र प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको छ। आइतबार जनता समाजवादी पार्टी (जसपा) नेपाल, जिल्ला समिति रौतहटले जिल्ला प्रशासन मार्फत मुख्यमन्त्री सतिशकुमार सिंह र प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाइएको हो ।
पूर्व कृषि राज्यमन्त्री तथा जसपाका केन्द्रीय सदस्य योगेन्द्र राय यादव नेतृत्वले प्रमुख जिल्ला अधिकारी किरणनिधि तिवारीमार्फत मुख्यमन्त्री र प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो ।
ज्ञापनपत्रमा सिँचाई, मलखाद्यको अभाव, उखु किसानको अनुदान लगायत ११ बुँदे माग समेटिएको छ। ज्ञापनपत्र बुझाउनु अघि नारा जुलुससहित प्रशासन कार्यालय घेराउ गरिएको थियो ।
ज्ञापनपत्रमा सरकारका निर्णयहरू भाषणमा सीमित रहेको, तराई-मधेसलाई सुक्खा सङ्कटग्रस्त क्षेत्र घोषणा गरे पनि राहत नपुगेको आरोप लगाइएको छ।नेता यादवले तत्काल राहत नआए सरकार विरुद्ध कडा आन्दोलन गर्ने चेतावनी पनि दिएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अब हरेक सोमबार चलचित्रको बक्स अफिस रिपोर्ट सार्वजनिक हुने
-
सशस्त्रको हेडक्वार्टरमा आगलागी भएको घटना छानबिन गर्न डीआईजीको नेतृत्वमा समिति गठन
-
चेक अनादर मुद्दामा सर्वोच्चको फैसला : बाउन्स भएको चेकको रकम र ब्याज दुवै भराउनुपर्ने
-
विदेशबाट फर्किपछि माछापालनः मनग्य आम्दानी गर्दै विजयकुमार
-
गर्मी बढ्दै जाँदा ‘लू’ को उच्च जोखिम : के हुन् लक्षण र कसरी बच्ने?
-
तिला गाउँपालिमा भौतिक पूर्वाधार निर्माणमा प्रगति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण