शनिबार, ०६ असार २०८३
ताजा लोकप्रिय

पत्नीको हत्या गर्ने पति पक्राउ

आइतबार, १८ साउन २०८२, २२ : २३
आइतबार, १८ साउन २०८२

सारांश

  • पर्साको जिराभवानी गाउँपालिकामा एक व्यक्तिले आफ्नी श्रीमतीको हत्या गरेका छन्।
  • घरायसी विवादमा २४ वर्षीया श्रीमतीको घाँटीमा मुक्का र लठ्ठी प्रहार गरी हत्या गरेको आरोप छ।
  • प्रहरीले अभियुक्तलाई पक्राउ गरी कर्तव्य ज्यान मुद्दामा अनुसन्धान गरिरहेको छ र अदालतबाट म्याद थप गरिएको छ।

वीरगञ्ज  । पर्साको जिराभवानी गाउँपालिका–५ शङ्करसरैयाका जितेन्द्र माझी पत्नीको हत्या गरेको अभियोगमा पक्राउ परेका छन् । घरासयी विवाद हुँदा उनले २४ वर्षीया असपतलीयादेवीको हत्या गरेको अभियोगमा पक्राउ परेका हुन् । 

मादक पदार्थ सेवन गरेका जितेन्द्रले पत्नीलाई शनिबार राति मुक्का तथा लठ्ठीले घाँटीमा प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको पर्साका प्रहरी प्रवक्ता किशोर लम्सालले जानकारी दिए ।

ज्यानसम्बन्धी कसुर (कर्तव्य ज्यान) मुद्दामा पर्सा जिल्ला अदालतबाट सात दिनको म्याद थपको अनुमति लिएर अनुसन्धान भइरहेको उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप