शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

झारखण्डका पूर्वमुख्यमन्त्री शिबू सोरेनको निधन

सोमबार, १९ साउन २०८२, १० : २५
सोमबार, १९ साउन २०८२

सारांश

  • भारतको झारखण्ड राज्यका पूर्वमुख्यमन्त्री शिबू सोरेनको निधन भएको छ।
  • शिबू सोरेन झारखण्डका वर्तमान मुख्यमन्त्री हेमन्त सोरेनका पिता हुन्।
  • शिबू सोरेन झारखण्ड मुक्ति मोर्चा नामक दलका संस्थापक थिए।

नयाँ दिल्ली । भारतको झारखण्ड राज्यका पूर्वमुख्यमन्त्री शिबू सोरेनको निधन भएको छ । सोमबार बिहान अस्पतालमा उपचारकै क्रममा उनको निधन भएको हो ।

शिबू सोरेन झारखण्डका वर्तमान मुख्यमन्त्री हेमन्त सोरेनका पिता हुन् । मुख्यमन्त्री सोरेनले पिताको निधन भएको पुष्टि गरेका छन् ।

शिबू सोरेन झारखण्ड मुक्ति मोर्चा नामक दलको संस्थापक हुन् । उनी पछिल्लो समय पार्टीको संरक्षकका रूपमा रहँदै आएका थिए भने उनका छोरा हेमन्तले पार्टी राजनीतिक विरासत सम्हालेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप