यी हुन् माओवादीले पारित गरेका समसामयिक राजनीतिक प्रस्ताव
सारांश
- माओवादी केन्द्रको स्थायी कमिटी बैठकले किसानलाई राहत दिन र दीर्घकालीन समाधान खोज्न माग गरेको छ।
- बैठकले प्रहरी विधेयक अघि बढाउन, सहकारी पीडितको रकम फिर्ता गर्न र भूकम्पपीडितलाई राहत दिन माग गरेको छ।
- माओवादीले भ्रष्टाचारविरुद्ध अधिकार सम्पन्न आयोग गठन गर्न र दलगत हस्तक्षेपको विरोध गरेको छ।
काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक विभिन्न समसामयिक राजनीतिक प्रस्ताव पारित गर्दै सोमबार सकिएको छ ।
बैठकपछि उपाध्यक्ष तथा प्रवक्ता अग्नि सापकोटाले तराई मधेस क्षेत्रमा खडेरीको मारमा परेका किसानलाइ राहत प्रदान गर्न तथा दीर्घकालीन समाधान खोज्न बैठकले माग गरेको जानकारी दिए । त्यस्तै कालोबजारी नियन्त्रणका साथसाथै विद्यालय शिक्षा विधेयकमा भएको ढिलाइप्रति आपत्ति प्रकट गर्दै माओवादीले सहमति अनुसार विधेयक पारित गर्न समेत माग गरेको सापकोटाको भनाइ छ ।
साथै प्रहरी विधेयक अघि बढाउन, सहकारी पीडितको रकम फिर्ता, पश्चिम एसिया र मध्यपूर्वमा बढेका अशान्तिप्रति माओवादीले चिन्ता प्रकट गरेको छ । त्यस्तै विपीन जोशीको रिहाइ तथा मध्यपूर्वमा रहेका नेपालीको सुरक्षा, भोटेकोशी प्रभावितहरूलाई राहत प्रदान गर्न बैठकले माग गरेको छ ।
यसैगरी माओवादीले जाजरकोट रुकुम लगायतका क्षेत्रमा भुकम्प पुनर्निर्माण गर्न, शान्ति प्रक्रियाका बाँकी काम पुरा गर्न ध्यानाकर्षण गराउँदै रोपाइँका बेला मलखाद अभाव हुन नदिन, सीमा समस्या समाधानका लागि कूटनीतिक पहल गर्न सरकारसँग माग गरेको छ ।
त्यसैगरी बैठकले भूमिसम्बन्धी विधेयक संसदमा पेस गर्न, भ्रष्टाचारमा आरोपित मन्त्रीमाथि छानबिन, उखु किसानको रकम कटौती र दुध किसानका समस्या समाधान गर्न माग गरेको छ ।
माओवादीले भ्रष्टाचारविरुद्ध अधिकार सम्पन्न आयोग गठन गर्न माग पनि गरेको छ । माओवादीले त्रिभुवन विश्वविद्यालय लगायतका संस्थामा दलगत हस्तक्षेपको विरोध गरेको छ । यसैगरी संवैधानिक निकायमा भएको हस्तक्षेपको विरोध गर्दै माओवादीले स्टाटअर्प कार्यक्रममा बजेट घटाएकोप्रति समेत आपत्ति जनाउदै वैज्ञानिक प्रणालीमार्फत नवप्रर्द्धनका योजनमा लगानी बढाउन माग गरेको छ ।
यस्तै बैठकले दसैँपछि र तिहार अघि केन्द्रीय समिति बैठक बोलाउनले निर्णय गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
-
बागमतीका कृषि मन्त्री पौडेलले भने–अब सरकारको नेतृत्व जसको संख्या पुग्छ त्यसले गर्छ
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण