बागमती प्रदेश प्रमुख देवकोटाद्वारा ४ वटा विधेयक प्रमाणीकरण
सारांश
- बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले ४ वटा विधेयक प्रमाणीकरण गरे।
- प्रमाणीकरण गरिएका विधेयकहरूमा औद्योगिक व्यवसाय, व्यापार, स्वास्थ्य विज्ञान प्रतिष्ठान र कृषि विकास सम्बन्धी छन्।
- यी विधेयकहरू प्रदेशसभाबाट पारित भएपछि प्रमाणीकरणका लागि पेश गरिएका थिए।
हेटौँडा । बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले ४ वटा विधेयक प्रमाणीकरण गरेका छन् । सोमबार प्रदेश प्रमुख देवकोटाले प्रदेशसभाबाट पारित भएका ४ वटा विधेयकहरुलाई प्रमाणीकरण गरेका हुन् ।
प्रदेश प्रमुख देवकोटाले प्रदेश औद्योगिक व्यवसाय ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक, प्रादेशिक व्यापार तथा व्यवसाय सम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक र प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गरेका हुन् ।
प्रदेश प्रमुख देवकोटाले व्यावसायिक २ विधेयक र स्वास्थ्य विज्ञान प्रतिष्ठानको विधेयकलाई नेपालको संविधानको धारा २०१ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरेका हुन् भने प्रदेश कृषि विकास सम्बन्धी विधेयक संविधानको धारा २०१ को उपधारा (४) प्रमाणीकरण गरेका हुन् ।
उक्त विधेयकहरू प्रदेशसभाको बैठकबाट पारित भई प्रमाणीकरणको लागि प्रदेश प्रमुखसमक्ष पेस गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नर्वे र इङ्गल्याण्डको सुरुआती ११ सार्वजनिक, हालान्ड र केनले गर्दैछन् आ–आफ्नो टोलीको नेतृत्व
-
रासायनिक मलको माग बढेकाले आपूर्तिमा चुनौती
-
वैदेशिक रोजगारीबाट फर्किएका युवाले मागे उद्यमका लागि पुँजी
-
क्यानभासमा कालिका
-
बेलौरीमा नसर्ने रोगका बिरामी बढ्दै
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितको ‘सिंहदरबार मार्च’, सकिएनन् चक्रपथका जेब्रा क्रसिङ र आकाशे पुल निर्माण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण