आइतबार, २१ असार २०८३
ताजा लोकप्रिय

हातमा प्लास्टर लगाएर क्रिजमा पुगे वोक्स

सोमबार, १९ साउन २०८२, १८ : ०४
सोमबार, १९ साउन २०८२

काठमाडौँ । काँधमा चोट लागेकाे अवस्थामा पनि इङ्ल्यान्डका क्रिकेट खेलाडी क्रिस वोक्स क्रिजमा पुगेका छन् ।  पाँच खेलको अन्तिम दिनमा उनी एघारौँ नम्बरमा ब्याटिङ गरेका थिए । 

आइतबार ड्रेसिङ रुममा उनको देब्रे हात स्लिङमा (पट्टीमा बाँधिएको) थियो ।  तर यदि इंग्ल्यान्डलाई आवश्यक पर्दा उनी ब्याटिङमा आएपनि टिमलाई जित भने दिलाउन सकेनन् । 

उनले आइतबार नै आवश्यक परेमा ११ नम्बरमा ब्याटिङ गर्नका लागि तयार भएको बताएका थिए । वाेक्सको बारेमा खेलअघि टिमका सहकर्मी रुटले भनेका थिए, ‘उनी पनि हामी सबैजस्तै पूर्ण रूपमा खेल्न सक्ने छन् । यो शृङ्खला खेलाडीहरूले आफ्नो शरीरलाई दाउमा लगाउनु परेको छ,’ उनले भनेका थिए । 

नभन्दै वोक्स आज हातमा पट्टी लगाएर क्रिजमा उत्रे । उनी नटआउट पनि रहे । भारत र इङ्ल्यान्डबीचको सिरिज भने बराबरीमा सकिएको छ । दुई टोलीले २–२ खेल जिते भने एक खेल बराबरीमा सकिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप