शेख हसिनाको सरकारी निवास 'गणभवन' सङ्ग्रहालय बनाइने
सारांश
- बंगलादेशको अन्तरिम सरकारले पूर्वप्रधानमन्त्री शेख हसिनाको पुरानो सरकारी निवासलाई सङ्ग्रहालय बनाउने निर्णय गरेको छ।
- सङ्ग्रहालयलाई 'जुलाई क्रान्ति स्मारक सङ्ग्रहालय' नाम दिइनेछ, जुन गत वर्षको हिंसामा मारिएका प्रदर्शनकारीहरूको सम्झनामा बनाइनेछ।
- शेख हसिनाको कुशासनको प्रतीक भन्दै गणभवनमा भएको तोडफोड र लुटपाटपछि सरकारले सङ्ग्रहालय बनाउने घोषणा गरेको हो।
ढाका । बंगलादेशको अन्तरिम सरकारले पूर्वप्रधानमन्त्री शेख हसिनाको पुरानो सरकारी निवास 'गणभवन'लाई सङ्ग्रहालयमा परिणत गर्ने निर्णय गरेको छ ।
उक्त सङ्ग्रहालयलाई 'जुलाई क्रान्ति स्मारक सङ्ग्रहालय' नाम दिइनेछ । यो सङ्ग्रहालय गत वर्षको हिंसामा मारिएका प्रदर्शनकारीहरूको सम्झनामा बनाउन लागिएको हो ।
बंगलादेशका अन्तरिम सरकार प्रमुख मोहम्मद युनुसको नेतृत्वमा रहेको सरकारले गणभवनलाई शेख हसिनाको 'कुशासनको प्रतीक' बताउँदै यसलाई सङ्ग्रहालय बनाउने घोषणा गरेको हो । शेख हसिना सन् २०१० देखि २०२४ अगस्ट ५ सम्म १५ वर्ष यही निवासमा बसेकी थिइन् ।
गत वर्ष उनको सत्ता पल्टिएलगत्तै गणभवनमा तोडफोड र लुटपाट भएको थियो । आक्रोशित भीडले भवनमा आक्रमण गरी साडी, सजावटका सामान, घडी, सोफा, महँगा ह्यान्डब्याग, टेलिभिजन, माछा र महिलाका कपडासमेत लुटेका थिए ।
लुटपाटका तस्बिरहरू सामाजिक सञ्जालमा भाइरल भएका थिए । पछि अधिकारीहरूले लुटिएका सामान फिर्ता भएको दाबी गरेका थिए ।
यो भवन शेख हसिनाका पिता तथा बंगलादेशका प्रथम राष्ट्रपति शेख मुजिबुर रहमानले पुनर्निर्माण गराएका थिए । पहिले यस ठाउँलाई 'इस्टेट राजबाडी' भनेर चिनिन्थ्यो । ढाकाको शेर-ए-बांग्ला नगरमा अवस्थित गणभवन संसद् भवनको नजिकै पर्छ र यसलाई बंगलादेश सरकारले राष्ट्र प्रमुखको सरकारी निवासको रूपमा प्रयोग गर्दै आएको थियो ।
बंगलादेशको संस्कृति मन्त्रालयले यस सङ्ग्रहालयको व्यवस्थापनका लागि २०० पद सिर्जना गर्ने प्रस्ताव गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण