आइतबार, २१ असार २०८३
ताजा लोकप्रिय

अस्ट्रेलियामा हुने टप इन्ड टी-२० सिरिजका लागि नेपाली टोली घोषणा

सोमबार, १९ साउन २०८२, १९ : ५३
सोमबार, १९ साउन २०८२

काठमाडौँ । अस्ट्रेलियामा सुरु हुने टप इन्ड टी २० सिरिजका लागि रोहित पौडेलको कप्तानीमा नेपाली क्रिकेट टोलीको घोषणा गरिएको छ । 

सोमबार नेपाल क्रिकेट संघ क्यानले १६ सदस्यीय टोली घोषणा गरेको हो । टोलीमा उपकप्तानका रूपमा दीपेन्द्रसिंह ऐरीलाई राखिएको छ । 

प्रतियोगितामा ११ टोलीको सहभागिता रहनेछ । जसमा नेपालको राष्ट्रिय टोली, पाकिस्तान ‘ए’, बङ्गलादेश ‘ए’ र अमेरिकाको माइनर लिग विजेता सिकागो किंग्सम्यान रहेको छ । अन्य टोलीमा बिगबास लिग (बीबीएल) को हर्बट हरिकेन्स, पर्थ स्कोर्चर्स, एडिलेड स्ट्राइकर, मेलबर्न स्टार तथा मेलबर्न रेनेगड्सका टोलीका एकेडेमी टोलीहरू सहभागी हुनेछन् ।

एनटीको स्थानीय दुई टोलीको समेत सहभागिता रहनेछ । खेल तालिकाअनुसार नेपालले पहिलो खेल स्थानीय टोली नर्दर्न टेरिटोरी स्ट्राइकरसँग अगस्ट १५ मा खेल्नेछ । 

नेपालले यस सिरिजलाई टी–२० विश्वकप–२०२६ को एसिया छनोटको रूपमा लिएको छ । विश्वकपको एसिया छनोट आगामी अक्टोबर १ देखि १७ तारिखसम्म ओमानमा हुनेछ । 

end-t20

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप